close

उत्तर कोरियाली बिटक्वाइन मिक्सर ‘ब्लेन्डर’ माथि अमेरिकाले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

बैशाख २४, २०७९ १६:८

उत्तर कोरियाली बिटक्वाइन मिक्सर ‘ब्लेन्डर’ माथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले उत्तर कोरियाली क्रिप्टोकरेन्सी मिक्सिङ फर्म ‘ब्लेन्डर’ लाई प्रतिबन्ध लगाएको छ । ब्लेन्डरले आफ्नो देशको क्रिप्टोकरेन्सी चोरी गरेको र साइबर अपराधलाई समर्थन गरेको भन्दै अमेरिकाको ट्रेजरी विभाग अन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले सो क्रिप्टोकरेन्सी मिक्सिङ सेवामाथि प्रतिबन्ध लगाएको हो ।

मिक्सर एक यस्तो सेवा हो, जसले सम्भावित रूपमा पहिचान गर्न सकिने क्रिप्टोकरन्सीको विभिन्न स्ट्रिमहरूलाई मिलाएर गोप्य रुपमा क्रिप्टोको कारोबार गर्न मद्दत गर्छ । किनकि यसले क्रिप्टोलाई ट्रयाक गर्न गाह्रो बनाउँछ ।

मिक्सिङ सेवाले सम्भावित रूपमा अवैध रूपमा प्राप्त रकम र वैध रूपमा प्राप्त रकमसहित विभिन्न सम्पत्ति संयोजन गर्दछ, जसले गर्दा गैरकानूनी व्यक्तिहरूले चोरी गरेको क्रिप्टोलाई पनि पहिचान गर्न गाह्रो बनाइदिन सक्छ ।

यसले अपराधलाई थप प्रोत्साहन गर्ने कार्यालयको ठम्याई छ । अमेरिकाले ब्लेन्डरलाई उत्तर कोरियाली साइबर ह्याकिङ समूहलाई मार्चमा ६२ करोड डलर (७६ अर्ब १२ करोड रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप लगाएको छ ।

साथै ब्लेन्डरले दुई करोड पाँच लाख डलर (दुई अर्ब ५१ करोड रुपैयाँ) भन्दा बढिको क्रिप्टोकरेन्सी मिक्सिङका लागि मद्दत गरेको पनि आरोप लगाइएको छ ।

उत्तर कोरियाली सरकारले लाजरस नामक समूहलाई राज्यद्धारा परिचालित भनेर २०१९ मा घोषणा गरेको थियो । यो समूहसँग जोडिएको चारवटा वालेटहरूलाई पनि अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ ।

यस विषयमा छलफलको लागि अमेरिकाले उत्तर कोरियाली प्रतिनिधिहरूलाई बोलाएको छ । दुई देशबीच यस विषयमा छलफल चलिरहँदा उत्तर कोरियाको साइबर गतिविधिमा निगरानी रहने र प्रतिबन्ध पनि लागू हुने अमेरिकाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२