close

के साँच्चै अबको १० वर्षभित्र मानिस मंगल ग्रह पुग्लान् ? 

टेकपाना टेकपाना

बैशाख २४, २०७९ १६:५६

के साँच्चै अबको १० वर्षभित्र मानिस मंगल ग्रह पुग्लान् ? 

काठमाडौं । एलन मस्ककाे कम्पनी स्पेसएक्सले लामो समयदेखि मानिसहरूलाई मंगल ग्रहमा लैजानको लागि काम गरिरहेको छ । फलस्वरुप चाँडै नै अन्तरिक्षयात्रीको एउटा टोली मंगल ग्रह जानेछ ।

२०२० को दशक सकिनुअगाडि नै अन्तरिक्षयात्रीहरू यो रातो ग्रहमा पुग्ने स्पेसएक्सका अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर ग्वेन शटवेलले हालै सीएनबीसीको अन्तर्वार्तामा बताएका छन् ।

उनले अबको १० वर्षभित्र नै मानिस मंगल ग्रहमा पुग्ने दाबी गरे । एकपटक मंगलमा मानिसकाे पाइला परेपछि मात्रै सबैले यस विषयमा गम्भीर रुपमा सोच्ने उनको भनाइ छ ।

साथै मानिसहरूले मंगल ग्रह बस्न लायक छ भनेर विश्वास गर्ने पनि उनको दाबी छ । मानिसहरूलाई मंगल ग्रहमा लैजाने स्पेसएक्सको महत्त्वाकांक्षी उद्देश्य छ ।

कम्पनीले मानिसहरूलाई चन्द्रमा, मंगल ग्रह र अन्य ग्रहमा लैजानको लागि स्टारशिप नामक विशाल तथा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्षयानको विकास गरिरहेको छ ।

चन्द्रमासँग जोडिएका धेरै मिसनहरू स्टारशिपले पहिले नै पूरा गरिसकेको छ । नासाले भने मंगल ग्रहमा मानव पाइला पुगेको पहिलो दशक पछि मुन-टु-मार्स अर्थात चन्द्रमादेखि मंगल ग्रहको उडानको योजना बनाइरहेको छ ।

यसका लागि स्पेसएक्सले काम गरिरहेको छ । हाल कम्पनी स्टारशिपको पहिलो अर्बिटल परीक्षण उडानको तयारी गरिरहेको छ ।

यो परिक्षण २०२१ मा नै हुनुपर्ने थियो । यद्यपि अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसनले अनुमति नदिएपछि परीक्षण पछाडि सरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२