close

भर्चुअल मसिन के हो, अनि कम्युटरमा कसरी इन्स्टल गर्ने ?

टेकपाना टेकपाना

बैशाख २५, २०७९ ८:२

भर्चुअल मसिन के हो, अनि कम्युटरमा कसरी इन्स्टल गर्ने ?

काठमाडाैं । तपाईंको ल्यापटपमा  आवश्यकता अनुसार एकभन्दा धेरै अपरेटिङ सिस्टम पनि चलाउन सक्नुहुन्छ । भर्चुअल मसिनले तपाईंको ल्यापटप/पीसीमा अन्य अपरेटिङ सिस्टम इन्स्टल गर्न सघाउँछ ।

अन्य कुनै पनि अपरेटिङ सिस्टमलाई भर्चुअल मसिनको माध्यमबाट सामान्य एप्लिकेसनजस्तै चलाउन सकिन्छ । अन्य कुनै अपरेटिङ सिस्टममा शिफ्ट हुनुअघि त्यो ओएस कस्तो छ, तपाईंका लागि उपयुक्त छ कि छैन भन्ने कुरा जान्न जरूरी हुन्छ ।

के हो त भर्चुअल मसिन ? 

भर्चुअल मसिन एउटा प्रोग्राम हो, जसले भर्चुअल कम्प्युटरले जस्तै काम गर्छ । भर्चुअल मसिन तपाईंले चलाइरहेको अपरेटिङ सिस्टममा चल्दै गर्दा यसले अर्को अपरेटिङ सिस्टमका लागि भर्चुअल हार्डवेयर उपलब्ध गराउँछ ।

नयाँ अपरेटिङ सिस्टम तपाईंको ल्यापटपमा अन्य कुनै एप्लिकेसन जस्तै चल्छ । भर्चुअल मसिनको इमुलेसन इन्जिन हाइपरभाइजर (Hypervisor) ले भर्चुअल हार्डवेयर, सीपीयू, मेमोरी, हार्डड्राइभ, नेटवर्क  इन्टरफेस  साथै अन्य डिभाइसलाई व्यवस्थित गर्ने काम गर्छ ।

हाइपरभाइजरले भर्चुअल मसिनको भर्चुअल हार्डवेयर डिभाइसलाई तपाईंको ल्यापटप/कम्प्युटर डिभाइसमा भएको वास्तविक हार्डवेयर मसिनसँग म्याप गर्ने काम गर्छ । जस्तै: भर्चुअल मसिनको भर्चुअल हार्ड डिस्क तपाईंको वास्तविक हार्डड्राइभको फाइलमा स्टोर भएको हुन्छ ।

तपाईंले आफ्नो सिस्टममा एकभन्दा बढी भर्चुअल मसिन इन्स्टल गर्न सक्नुहुन्छ । इन्स्टल गरेको भर्चुअल मसिनका लागि छुट्टाइएको स्टोरेजमात्र सम्बन्धित अपरेटिङ सिस्टममा प्रयोग  गर्न पाउनुहुन्छ ।

आवश्यकता अनुसार अपरेटिङ सिस्टमहरू इन्स्टल  गरिसकेपछि आफ्नो भर्चुअल मसिन प्रोग्राम खोल्न सक्नुहुन्छ र कुन भर्चुअल मसिन बुट गर्न चाहनुहुन्छ छनौट गर्न सक्नुहुन्छ ।

तपाईंले छनोट गरेको अपरेटिङ सिस्टम होस्ट अपरेटिङ सिस्टममा चल्छ । यसलाई वास्तविक ओएसजस्तै फुल स्क्रिन मोडमा चलाउन सक्नुहुन्छ ।  

भर्चुअल मसिन केका लागि ? 

तपाईं कुनै पनि अर्को अपरेटिङ सिस्टममा शिफ्ट हुनुअघि त्यो अपरेटिङ सिस्टम उपयोगी छ छैन भन्ने कुरा जाँच्नका लागि यो निकै उपयोगी हुन्छ ।

तपाईं डेभलपर हुनुहुन्छ भने तपाईंले गरेको कोड, डिजाइन गरेको एप्लिकेसन म्याक ओएस, विन्डोज, लिनक्समा राम्रोसँग चल्छ, चल्दैन टेस्ट गर्न सक्नुहुन्छ ।

म्याक र लिनक्स प्रयोगकर्ताले भर्चुअल मसिनको माध्यमबाट विन्डोज सफ्टवेयर चलाउन सक्छन् । विन्डोजमा चल्ने गेमहरु अन्य ओएसमा भर्चुअल मसिनको सहायताले खेल्न सकिन्छ ।  

भर्चुअल मसिन सफ्टवेयर  

भर्चुअल बक्स: यो एक ओपन सोर्स एप्लिकेसन हो, जुन म्याकओएस, विन्डोज, लिनक्समा चल्छ ।  यसको सबैभन्दा प्रमुख विशेषता भनेको यसको स्न्यापशट लगायतका सबै फिचर निःशुल्क छ ।

भीएमवेयर प्लेयर (VMware Player) : भिएमवेयर प्लेयर भिएमवेयर वोर्कस्टेसनको निःशुल्क भर्सन हो, जुन लिनक्स र विन्डोजमा चल्छ। यसमा तपाईंले भर्चुअल बक्समा जस्तो सबै फिचर निःशुल्क भने पाउनुहुन्न ।  

यसरी इन्स्टल गर्नुहोस् भर्चुअल बक्स 

भर्चुअल बक्स ओर्‍याकलले  उपलब्ध गराउने एउटा सफ्टवेयर हो, जसले तपाईंको कम्प्युटरमा अन्य कुनै अपरेटिङ सिस्टम इमुलेट गर्न सघाउँछ । यो गाइडमा हामीले उबुन्टु 22.04 LTS लिनक्सका लागि भर्चुअल बक्स इन्स्टल गर्दैछु ।  

-तपाइँ भर्चुअल बक्सको डाउनलोड पेजमा जानुहोस्।  

-त्यसपछि आफ्नो प्लेटफर्म हेरेर प्याकेज सेलेक्ट गर्नुहोस् ।  

-हामीले लिनक्स डिस्ट्रिब्युसनमा उबुन्टु २१.०४ छनोट गरेको छु ।  

-हामीले लिनक्स डिस्ट्रिब्युसनमा उबुन्टु 21.04 छनोट गरेको छु । वा उबुन्टु सफ्टवेयरबाट इन्स्टल गर्न सक्नुहुन्छ।  

यति गरिसकेपछि तपाईंको डिभाइसमा भर्चुअल बक्स इन्स्टल हुन्छ । 

यसरी इन्स्टल गरेको भर्चुअल बक्समा अब तपाईंले आवश्यक अपरेटिङ सिस्टम डाउनलोड गर्न सक्नुहुन्छ।  

  मैले 64 bit विन्डोज टेन इन्स्टल गर्दै छु ।  

त्यसपछि भर्चुअल बक्सको न्यु(new) लेखेको आइकन मा जानुहोस् | भर्चुअल मसिनको कुनै नाम दिनुहोस, मैले Window 10 दिएको छु।  

-भर्चुअल ओएसका लागि र्‍याम छुट्ट्याउनुहोस् । मैले २ जीबी छुट्टाएको छु ।  

त्यसपछि भर्चुअल हार्ड डिस्क क्रियट गर्नुहोस् ।  मैले ५० जीबी हार्ड डिस्कको लागी छुट्टाएको छु ।  

र्‍याम र हार्ड डिस्क एलोकेशन गरिसकेपछि अब ओएसको iso फाइल डाउनलोड गर्नुपर्ने हुन्छ ।  

यसरी इन्स्टल गर्नुहोस नयाँ भर्चुअल मसिन।  

माइक्रोसफ्टको आधिकारिक पेजमा गएर विन्डोजको iso फाइल डाउनलोड गर्नुहोस् ।  

फाइल डाउनलोड भइसकेपछि तपाईंले क्रियट गरेको भर्चुअल मसिनको सेटिङमा जानुहोस् । 

स्टोरेजमा जानुहोस् अनि empty सेलेक्ट गर्नुहोस् । 

साइडमा देखिएको सर्च आइकनलाइ सेलेक्ट गरेर choose a disk file छान्नुहोस् ।  

त्यसपछि तपाईंले डाउनलोड गरेको iso फाइल छान्नुहोस्।  

यति गरिसकेपछि तपाईंको भर्चुअल बक्स भर्चुअल मसिन सेटअपका लागि तयार हुन्छ।  

यसरी विन्डोज सेटअप भइसकेपछि उबुन्टु अपरेटिङ सिस्टम भएपनि भर्चुअल बक्समार्फत विन्डोज अपरेटिङ सिस्टम चलाउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२