close

एसईई दिएर बसेका विद्यार्थीले अनलाइनबाटै ब्रिज कोर्ष गर्नसक्ने

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १४:४२

एसईई दिएर बसेका विद्यार्थीले अनलाइनबाटै ब्रिज कोर्ष गर्नसक्ने

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नीमा एकेडेमीले अनलाइन ब्रिज कोर्ष सञ्चालनमा ल्याएको छ । योसँगै विद्यार्थीले घरमै बसेर कक्षा ११ काे विज्ञान, ए-लेभल र व्यवस्थापन संकायका लागि प्रवेश परीक्षाको तयारी गर्नसक्ने छन् ।

ई-लर्निङ प्लेटफर्मको रुपमा शिक्षामा काम गर्दै आएको नीमाले विद्यार्थीको सहजताका लागि भन्दै ब्रिज कोर्षको अनलाइन कक्षा सञ्चालनमा ल्याएको हो ।

६ हप्ता चल्ने यो कक्षामा विज्ञान अन्तर्गतका सबै सह-विषयहरुः गणित, सामान्यज्ञान, अंग्रेजी लगायतका विषय समेत पढाइ हुने नीमा एकेडेमीका कार्यकारी प्रमुख निश्चलमान प्रधानले बताएका छन् ।

उनले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनाका साथ यसको सुरुवात गरेको बताएका छन् । कक्षा बिहान ७–९, दिउँसो १–३  र बेलुका ६–८ गरि तीन चरणमा सञ्चालन हुनेछ ।

त्यसैअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने समयमा कक्षा लिनसक्ने कम्पनीले जनाएको छ । यस अनलाइन ब्रिज कोर्षले काठमाडौँ बाहेकका अन्य सहर, गाउँ र देशका कुनाकाप्चामा बस्ने विद्यार्थीलाई समेत घरबाटै पढ्न मद्दत पुग्ने नीमा एकेडेमीका प्रमुख सञ्चालन अधिकृत नेहा जोशीले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२