close

एन्ड्राेइड अटाे र एप्पल कार प्ले बिनै बजारमा कार पठाउँदै बीएमडब्लू

टेकपाना टेकपाना

बैशाख २६, २०७९ ११:१९

एन्ड्राेइड अटाे र एप्पल कार प्ले बिनै बजारमा कार पठाउँदै बीएमडब्लू

काठमाडौं । विश्व बजारमा देखिएको चिप अभावको सबैभन्दा ठूलो असर अटो क्षेत्रमा परेको छ । जसका कारण कतिपय कम्पनीले गाडीका फिचरबारे जानकारी नै नदिई सोझै बजारमा उपलब्ध गराउन थालेका छन् । यसको ज्वलन्त उदाहरण बीएमडब्लू बनेको छ ।

कम्पनीको एप्पल कारप्ले र एन्ड्रोइड अटो सपाेर्टबिनै नयाँ कार बजारमा उपलब्ध गराएकाे पाइएकाे छ । एक कार खरिदकर्ताले एप्पल कारप्ले र एन्ड्रोइड अटोको विषयलाई लिएर ईमेल पठाएसँगै त्यसको जवाफमा कम्पनीले सन् २०२२ को जनवरीदेखि अप्रिल महिनाको बीचमा बनेका कारमा प्रयाेग राखिएकाे चिपले कारप्ले र एन्ड्राेइड अटाे सपाेर्ट नगर्ने जानकारी दिएकाे छ ।

यसका लागि अपडेटसहितकाे सफ्टवेयर आवश्यक पर्ने जानकारी दिँदै कम्पनीले आगामी महिनादेखि मात्र प्रयाेगकर्ताले यी फिचर प्रयाेग गर्न पाउने बताएकाे छ ।

चिप अभाव पूर्ति गर्न कम्पनीले नयाँ चिप सप्लायरसँग सहकार्य गरेकाे छ । तर नयाँ चिपमा एन्ड्रोइड अटो वा कारप्ले प्रयोगका लागि उपयुक्त सफ्टवेयर नभएकाले कम्पनीले कारप्ले र एन्ड्राेइड अटाे बिटै कार बजारमा पठाएकाे हाे ।

यसअघि अर्को अटो कम्पनी फोर्डले पनि यही रणनीति अपनाएको थियो । फोर्डकाे हकमा भने कतिपय फिचर नै तत्कालका लागि रोकिएको र चिपमा सहजता भएसँगै प्रयोगकर्तालाई उक्त फिचर उपलब्ध गराउने कम्पनीले जनाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२