close

र्‍यानसमवेयर ह्याकरबारे जानकारी दिनेलाई १ अर्ब इनाम !

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १२:७

र्‍यानसमवेयर ह्याकरबारे जानकारी दिनेलाई १ अर्ब इनाम !

काठमाडौं । ‘कोन्टी’ नामक साइबरक्राइम ग्याङमा संलग्न कुनै पनि व्यक्तिको जानकारी उपलब्ध गराएमा अमेरिकाले एक कराेड डलर (एक अर्ब २३ कराेड रूपैयाँ बढी) इनाम दिने भएकाे छ ।

त्यतिमात्रै नभएर उक्त ग्याङको मेम्बरलाई पक्राउ गर्न सहयोग गर्नेलाई थप ५० लाख डलर (लगभग करिब ६२ कराेड) दिने अमेरिकास्थित राज्य विभागले घाेषणा गरेकाे छ ।

कोन्टी नामले परिचित यो ग्याङ रूसी ह्याकरहरूकाे समूह भएको जनाइएको छ । रुसले युक्रेनमाथि गरेको हमलालाई लिएर अमेरिकी सरकार युक्रेनको पक्षमा उभिएसँगै रुसी ह्याकरहरूले अमेरिकी सिस्टम ह्याक गर्ने प्रयासमा रहेका छन् ।

त्यस्तोमा कोन्टीले मात्रै हजारभन्दा बढी संस्थामा आक्रमण गरिसकेको विभागले जनाएको छ । अघिल्लो महिनामात्रै सरकारले १५० मिलियन डलरभन्दा बढी रकम उक्त ह्याकरलाई बुझाएको छ ।

त्यो हुँदा विभागले कोन्टीमा संलग्न कुनै पनि जानकारी उपलब्ध गराउनेलाई इनाम दिने घोषणा गरेको हो ।

यसरी अमेरिकी सरकारले ह्याकर पहिचानका लागि इनाम घोषणा गरेको यो पहिलो पटक भने होइन । यसअघि गत वर्ष डार्कसाइड, रिभिल जस्ता ह्याकर समूहको पहिचानका लागि पनि सरकारले इनाम घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२