close

२० लाख गरिब परिवारलाई निःशुल्क इन्टरनेट दिँदै भारत

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १३:१०

२० लाख गरिब परिवारलाई निःशुल्क इन्टरनेट दिँदै भारत

काठमाडौं । भारतको केरला सरकारले गरिबीको रेखामुनि रहेका २० लाख परिवारलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ । सरकारले विधानसभा निर्वाचन क्षेत्रका आधारमा पहिलो चरणमा हरेक क्षेत्रका सय परिवारलाई यो इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ ।

यसको सुरुवात यही मे महिनाको अन्त्यबाट हुने जनाइएको छ । सन् २०१७ मा पिनाराई विजयन सरकारले ल्याएको यो कार्यक्रम हालको सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो ।

केरला अप्टिकल फाइबर नेटवर्क नाम दिइएको यस परियोजनाका लागि इन्टरनेट सेवा प्रदायक (आईएसपी) छनोटको काम अघि बढिसकेको परियोजना प्रमुख सन्तोष बाबुले बताए ।

उनका अनुसार यो परियोजना अन्तर्गत ३० हजार सरकारी निकायमा समेत उच्च गतिको इन्टरनेट पुग्नेछ । गरिब परिवारको हकमा हरेक १.५ जीबीका दरले १५ एबीपीएस गतिको डेटा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२