close

मेडिकल विद्यार्थीलाई पढ्न सहयोग गर्ने गेम ‘मेडिपजल’

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १४:२३

मेडिकल विद्यार्थीलाई पढ्न सहयोग गर्ने गेम ‘मेडिपजल’

काठमाडाैं । मेडिकल विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक गेम ‘मेडिपजल’ विकास गरिएकाे छ । विद्यार्थीले रमाइलो गर्दै पढ्न सकुन् भन्ने उद्देश्यले यो एप विकास गरिएको एप संस्थापक सञ्जय दिक्षितले बताए ।

अहिले यो गेममा फर्माकोलोजी विषय राखिएको छ, जुन एमबीबीएस, बीडीएस,नर्सिङ, फार्मेसीजस्ता मेडिकल कोर्षमा समावेश गरिएको हुन्छ ।

यस गेममा बेसिक, इन्टरमिडियट र एडभान्स गरी तिन लेभल दिइएकाे छ । बेसिक लेभलमा ‘ह्याङम्यान’, इन्टरमिडियटमा ‘क्विक रिकल’ र एडभान्समा ‘र्‍यापिड फायर’ गेम खेल्न सकिन्छ ।

ह्याङम्यान गेममा उत्तरको लागि एक-एक लेटर टाइप गर्नुपर्ने हुन्छ । त्यसैले प्रयोगकर्ताले आफूले अनुमान गरेको उत्तर सही हो वा गलत सुरुमै थाहा पाउन सक्छन् ।

त्यही अनुसार अन्य उत्तरहरु पनि सोच्न सक्छन्, जसले सिकेको कुरालाई लामो समयसम्म सम्झन मद्दत गर्छ । क्विक रिकल गेममा भने एमसीक्यू (MCQ) प्रश्नहरु दिइएका छन्, जसमा उत्तरका लागि पाँचवटा भन्दा धेरै अप्सन दिइएकाे हुन्छ, जसमध्ये एउटा सही हुन्छ ।

त्यस्तै र्‍यापिड फायरमा प्रश्नको उत्तर पढेकोले मात्र दिनसक्ने खालको हुन्छ । यसमा उत्तरको पहिलो लेटर र लेटर सङ्ख्याको हिन्ट भने दिइएको हुन्छ ।

यस गेममा प्रयोगकर्ताले आफूले उत्तर दिएका प्रश्न तथा उत्तर नआएका प्रश्नहरू गेम पिनमार्फत साथीलाई पठाउन सक्ने सुविधा पनि छ । जसलाई एकअर्कासँग सहकार्य गरेर सिक्न सकिने बाटोको रुपमा हेरिएको छ ।

साथै सिकाइलाई प्रतिस्पर्धात्मक बनाउन लर्निङ पोइन्टको व्यवस्था पनि गरिएको छ । गेममा भाग लिएर पोइन्ट प्राप्त गरेका शीर्ष १५ प्रयाेगकर्ताको नाम फोटो सहित देखाइन्छ ।

अहिले यो गेममा २० हजार प्रश्नहरू समावेश गरिएको छ, जसको उत्तर प्रयोगकर्ताले व्याख्या, स्रोतसहित हेर्न पाउँछन् । गेम अन्य विषय थप्ने तयारी भइरहेकाे पनि दिक्षितले जानकारी दिए ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२