close

न्युरोडमा नियो स्टोरको शोरूम, ल्यापटप किन्दा ब्यागदेखि हेडफोनसम्म उपहार

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १६:१

न्युरोडमा नियो स्टोरको शोरूम, ल्यापटप किन्दा ब्यागदेखि हेडफोनसम्म उपहार

काठमाडौँ । नियो स्टोरले आफ्नो छैटौं आउटलेट सञ्चालमा ल्याएको छ । कम्पनीले सोमबार न्युरोडस्थित खिचापोखरीमा नयाँ आउटलेट शुभारम्भ गरेको छ ।

नयाँ आउटलेट खुलेको अवसरमा कम्पनीले जेठ १ सम्म हरेक ल्यापटप तथा मोबाइलको खरिदमा निःशुल्क इन्स्याेरेन्स उपलब्ध गराउने घोषणा गरेको छ ।

साथै नयाँ ल्यापटप खरिदमा कम्पनीले माउस, हेडफोन र ब्यागसहित अन्य कम्प्पुटर एक्सेसरिजकाे बन्डल पनि निःशुल्क दिने भएको छ ।

साथै ग्राहकले हरेक ल्यापटप तथा मोबाइलको खरिदमा एक वर्षको वारेन्टी पनि पाउनेछन् ।

न्युरोड क्षेत्रमा आउने ग्राहकलाई स्तरीय र ब्रान्डेड ल्यापटप तथा कम्प्युटर उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट खोलिएको नियोका च्यानल बिजनेश भाइस-प्रेसिडेन्ट योगेश रोयले बताए ।

आउटलेटमा डेल, आसुस, एचपी, र्‍यापो, माइक्रोप्याक, क्यानन, ब्रदर, डिजीकम, क्यासपरस्काई, सामसङ, रेड्मी, वनप्लस, ओप्पो, फिलिप्स लगायत ब्राण्डका उत्पादन उपलब्ध छन् ।

ग्राहकले अनलाइनबाट पनि सामान खरिद गर्न सक्नेछन् भने आउटलेटमै आएर सामान खरिद गर्दा नगदसँगै कार्ड, अनलाइन ट्रान्सफर, फोनपे, कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न सक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२