close

डाउनलोडमा रोक लाग्ने भएपछि गुगल विरुद्ध डेटिङ एप टिन्डरको मुद्दा 

टेकपाना टेकपाना

बैशाख २७, २०७९ ११:३२

डाउनलोडमा रोक लाग्ने भएपछि गुगल विरुद्ध डेटिङ एप टिन्डरको मुद्दा 

काठमाडौं । डेटिङ एप टिन्डर निर्माता कम्पनी म्याच ग्रुप इङ्कले गुगल तथा अल्फाबेट विरुद्ध सोमबार मुद्दा दायर गरेको छ । टिन्डर र उक्त कम्पनीका अन्य एपहरुको बिक्रीको ३० प्रतिशत आम्दानी बाँडफाँड गर्न अस्वीकार गरेकोमा त्यसलाई ‘लास्ट रिसोर्ट’ भन्दै गुगलले प्ले स्टोरबाट बुट हुनबाट रोक लगाएको रोयटर्सले उल्लेख गरेको छ ।

गुगलले म्याच इङ्क आफूले प्राप्त गरेको उल्लेखनीय रकम भुक्तानी गर्ने प्रक्रियामा रहेको बताएको छ । ‘अन्य व्यवसाय जस्तै, हामी आफ्नो सेवाका लागि शुल्क लिने गर्दछौँ  र अन्य जिम्मेवार प्लेटफर्मको जस्तै प्रयोगकर्तामाथि हुने ठगीबाट संरक्षण प्रदान गर्छौँ,’ गुगलले भनेको छ ।

कम्पनीले आफ्नो भुक्तानी उपकरणले ठगीहरू नियन्त्रण गर्न सहयोग पुर्‍याउँदै आएको समेत उल्लेख गरेको छ । म्याच एपले क्यालिफोर्निया सङ्घीय अदालतमा दायर  गरेको मुद्दामा गुगलले सङ्घ तथा राज्यको ‘एन्टीट्रस्ट कानून’ उलङ्घन गरेको र  उक्त कानूनले त्यस किसिमका व्यवहारमा रोक लगाउने दाबी गरिएको छ ।

त्यसो त गुगलले आफ्ना नीतिहरूमा म्याचका एपहरूलाई विगत एक दशकदेखि छुट दिँदै आएको छ । गुगलले आगामी जुन १ देखि आफ्नो भुक्तानी प्रणाली प्रयोग नगर्ने तथा आम्दानी बाँडफाँड नगर्ने एपहरू डाउनलोड गर्नबाट प्रतिबन्ध लगाउने बताएको छ ।

‘यो मुद्दा एक हिसाबले लास्ट रिसोर्टको मापन गर्नका लागि समेत हो,’ म्याचका प्रमुख कार्यकारी शेयर दुबेले भनेका छन्, ‘हामीले गुगलको जिद्दीपन र धम्कीका कारण हामीसँग कुनै विकल्प बाँकी नरहेपछि यस किसिमका सरोकारको विषय समाधान गर्न उचित मनसायका साथ यो प्रयास गरेका हौँ,’ उनले भनेका छन् ।

गुगलको नयाँ नीतिका कारण म्याचले गुगललाई दशौँ लाख अमेरिकी डलर भुक्तानी गर्नुपर्ने हुनसक्छ । म्याचको सबैभन्दा लोकप्रिय एपको रुपमा रहेको टिन्डरका अधिकांश प्रयोगकर्ताले यसको भुक्तानी प्रणाली प्रयोग गर्न रुचाउँछन् ।

जसमा गुगलले उपलब्ध नगराउने किस्ताबन्दीको योजना, बैंक ट्रान्सफर र अन्य फिचर समेत उपलब्ध रहेको मुद्दामा उल्लेख छ । डेभलपरहरूले प्ले स्टोर बाइपास गर्न सक्ने र त्यसले शुल्क कम गर्ने तथा यस किसिमका सरोकार सम्बोधन गर्न अन्य कार्यक्रम समेत तयार पारिएको गुगलको भनाई छ ।

तर दुबेले प्ले स्टोरमा जान असम्भव बनाइएको बताएका छन् । ‘यो त बिल्डिङको ६० औँ तलामा जान तपाईँले लिफ्ट प्रयोग गर्नुपर्दैन र बाहिरी पर्खाल मापन गर्न सक्नुहुन्छ भन्नु जस्तै हो । ‘

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२