close

नथिङ लञ्चरले अब एन्ड्रोइड ११ माथिका सबै फोनमा काम गर्ने

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १३:१८

नथिङ लञ्चरले अब एन्ड्रोइड ११ माथिका सबै फोनमा काम गर्ने

काठमाडौं । एन्ड्रोइड फोनलाई लक्षित गर्दै प्रविधि कम्पनी नथिङले गुगल प्ले स्टोरमा दुई हप्ता अगाडिमात्रै ‘नथिङ लञ्चर’ को बेटा भर्सन सार्वजनिक गरेको थियो ।

पहिलो चरणमा गुगल पिक्सेल र सामसङका डिभाइसमा मात्रै सपोर्ट गर्नेगरी आएको लञ्चरले अब भने एन्ड्रोइड ११ देखिका सबै फोनमा सपोर्ट गर्ने भएको छ ।

नथिङ वनप्लसका सह-संस्थापक कार्ल पाईको कम्पनी हो । पाईले वनप्लस छाडेर यो कम्पनीको स्थापना गरेको हुन् । नथिङले एन्ड्रोइडमा आधारित फोन सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको छ ।

त्यसैलाई लक्षित गर्दै कम्पनीले प्रयोगकर्तामाझ लञ्चर सार्वजनिक गरेको हुनसक्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जीएसएम एरिनाका अनुसार नथिङले सार्वजनिक गरेको एन्ड्रोइड लञ्चर अन्य एन्ड्रोइड लञ्चरजस्तै छ ।

यसमा एप आइकन गोलाकार र सिंगल कस्टम वालपेपर रहेको जनाइएको छ । लञ्चरमा क्लक तथा वेदरको विजेट पनि उपलब्ध छ ।

दुवै विजेटमा ‘म्याट्रिक्स टाइपोग्राफी’ तथा नथिङको लोगो रहेको छ । होमस्क्रिनमा रहेका एप तथा विजेटलाई लामो समयसम्म प्रेस गरेर आकार बढाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२