close

रिचार्जमा डेटा बोनस दिँदै एनसेल, के के छन् प्याक ?

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १३:५६

रिचार्जमा डेटा बोनस दिँदै एनसेल, के के छन् प्याक ?

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत रु. ५० देखि रु. ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु. १०० देखि रु १९९ सम्मको रिचार्जमा तीन दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् ।

त्यसैगरी रु २०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् । नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीकाे भनाइ छ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ, जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ ।

यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित रु. १६८ पर्ने यो प्याक *17123*1# डायल गरी लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकले रू. ९४ मा सात दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् ।

एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले  *17118*3*3# डायल गरी यो भ्वाइस प्याक लिनसक्छन् ।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ । यसमा ग्राहकले रु १२९ मा सात दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन् । *17123*1# डायल गरी ग्राहकहरूले यो प्याक लिनसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२