close

अमेरिकाका गरिब परिवारले निःशुल्क इन्टरनेट पाउने

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १७:२०

अमेरिकाका गरिब परिवारले निःशुल्क इन्टरनेट पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरिबीको रेखामुनि रहेका घरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने घाेषणा गरेकाे छ । यसका लागि प्रशासनले एटी एण्ड टी, भरिजन, कोमकास्ट लगायतका २० इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

कम आम्दानी हुने क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च गतिको इन्टरनेट प्रदान गर्न ‘अफोर्डेबल कनेक्टिभिटी प्रोग्राम’ (एसीपी) अन्तर्गत याे परियाेजना अघि बढाइएकाे हाे ।

यसका लागि सरकारले प्रत्येक घरबराबर हरेक महिना ३० डलरको अनुदान प्रदान गर्नेछ । गरिबीको रेखाभन्दा २०० प्रतिशत कम हुनेहरू याे कार्यक्रममा सहभागी हुनेछन् ।

यसका साथै संघीय सरकारले उपलब्ध गराउँदै आएको अन्य अनुदानमा सहभागी हुँदै आएका घरहरूले पनि यो सुविधा पाउने जनाइएको छ ।

यस योजना अन्तर्गत इन्टरनेटको डाउनलोड स्पिड १०० एमबीपीएस हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२