close

गुगल ट्रान्सलेटमा सर्च गरेका कुरा अब अकाउन्टको हिस्ट्रीमा सेभ हुने

टेकपाना टेकपाना

बैशाख २८, २०७९ ८:३९

गुगल ट्रान्सलेटमा सर्च गरेका कुरा अब अकाउन्टको हिस्ट्रीमा सेभ हुने

काठमाडौं । अबदेखि गुगल ट्रान्सलेटबाट सर्च गरेका कुरा गुगल अकाउन्टको हिस्ट्रीमा सेभ हुने भएकाे छ ।

गुगलले आफ्ना ट्रान्सलेट प्रयोगकर्ताका लागि २०२० मा नै नीति परिवर्तन गर्ने घाेषणा गरेपनि २०२२ मा मात्र कार्यान्वयनमा ल्याएकाे हाे । यसका माध्यमबाट अब ट्रान्सलेटमा सर्च गरेका कुरा प्रयोगकर्ताले आफ्नो अकाउन्टको हिस्ट्रीमा देख्न सक्नेछन् ।

गुगल ट्रान्सलेट खोल्दा यदि तपाईंले पहिलो पेजमा देखिएको ब्याकअप टु ‘फलानो@जिमेल डटकम’मा ट्याप गर्नुभयो भने तपाईंले विगतमा ट्रान्सलेट गरेका कुरा हिस्ट्रीमा गएर बस्छन् ।

त्यसपछि तपाईंले जति पनि टेक्स्ट ट्रान्सलेट गर्नुभयो त्यो सबै हिस्ट्रीमा गएर बस्छन् । तपाईंले ट्रान्सलेट हिस्ट्रीमा के के छ बन्ने कुरा जान्न मन लागेको अवस्थामा तल दिइएको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले गुगल ट्रान्सलेट एपमा जानुहोस् ।
  • त्यसपछि सबैभन्दा माथि दायाँपट्टि देखाइएको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ हिस्ट्री लेखिएको अप्सन देखिन्छ । त्यसमा गएर तपाईंले पहिले कुन कुन मितिमा ट्रान्सलेट गर्नुभएको थियो भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ ।

गुगल ट्रान्सलेटको हिस्टरीमा सेभ भएका सर्चहरू यसरी हटाउनुहोस् ।

  • सबैभन्दा पहिले माथि दिइएको प्रक्रियाबाट हिस्ट्रीमा जानुहोस् ।
  • हिस्ट्रीको पेजमा गइसकेपछि माथि दायाँपट्टि तीनवटा डटमा ट्याप गर्नुपर्ने हुन्छ ।
  • त्यसपछि त्यहाँ दोस्रोमा देखिएको मेनेज एक्टीभिटी अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ गइसकेपछि तपाईंले अटो-डिलिट अप्सनमा ट्याप गरी आफूलाई उपयुक्त हुने समय छानेर स्वतः डिलिट हुने बनाउन सक्नुहुन्छ ।
  • यदि आफूले सर्च गरेका कुरा हटाउँछु भन्ने चाह्यो भने माथि गुगल ट्रान्सलेट हिस्ट्रीको तल तीनवटा अप्सन देख्न सक्नुहुन्छ । त्यसमध्ये मोर (More) मा ट्याप गर्नुभयो भने त्यहाँबाट आफूलाई आवश्यक नभएको सर्च डेटा डिलिट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२