close

हाम्रोपात्रो एपबाट अब खाना मगाउन सकिने

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १२:३

हाम्रोपात्रो एपबाट अब खाना मगाउन सकिने

काठमाडौं । हाम्रोपात्रोले अब खाना डेलिभरी पनि गर्ने भएको छ । खानाको अनलाइन अर्डर र डेलिभरीको लागि हाम्रोपात्रोले साना-ठूला सबै प्रकारका रेस्टुरेन्टहरूलाई आबद्ध गर्ने काम गरिरहेको छ ।

योसँगै अब विदेशमा रहेका नेपालीहरूले पनि नेपालमा रहेका आफ्ना आफन्तहरूलाई खानेकुरा अर्डर गर्न सक्ने हाम्रोपात्रोका अध्यक्ष रुद्रराज पाण्डेले बताएका छन् ।

‘हाम्रोपात्रोको प्लेटफर्ममार्फत खाना डेलिभरी गर्न हामी रेस्टुरेन्टहरूसँग आबद्ध हुन सुरु गरेका छौं । अब विदेशमा रहेकाहरूले पनि नेपालमा रहेका आफन्तका लागि खाना अर्डर गर्न सक्नेछन्,’ उनले फेसबुक पाेस्टमा लेखेका छन् ।

साथै विदेशबाट वृद्धा आश्रमहरूका लागि खाना अर्डर गरेको खण्डमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताइएको छ ।

योसँगै अब हाम्रो पात्रोको एपबाट छिट्टै नै खाद्यान्न, तरकारीहरू खरिद गर्न मिल्ने तथा विद्यालयको शुल्क पनि तिर्न मिल्ने व्यवस्था सुरु हुने तयारीमा रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२