close

अन्ततः बन्द भयाे आईपड उत्पादन 

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १२:३२

अन्ततः बन्द भयाे आईपड उत्पादन 

काठमाडौं । एप्पलले आईपडको दुई दशक लामो यात्रालाई टुङ्ग्याएको छ । सन् २००१ देखि सुरु भएको आईपड उत्पादनलाई अब कम्पनीले पूर्णविराम लगाएकाे हाे ।

अब आईपड उत्पादन नगर्ने भन्दै कम्पनीले आधिकारिक रुपमा घोषणा गरेको छ । आईपडले संगीतको दुनियाँ वा गीत सुन्ने प्रवित्तिमा एक प्रकारको क्रान्ति नै ल्याएको थियो ।

म्युजिक प्लेयर अथवा गीतमात्र सुन्ने एउटा डिभाइसको रुपमा बजारमा राज गरेको आईपडको उत्पादन बन्द भएपनि यसको ‘डीएनए’ एप्पलका अन्य उत्पादनहरू, आईफोन, आईप्याड, होमपडि, म्याक र एप्पल वाचमा उपलब्ध हुने कम्पनीले प्रेस विज्ञप्तिमार्फत बताएको छ ।

आईपडको कुनै पनि संस्करण अब बिक्रीमा हुनेछैन । यद्यपि आईपड टच भने कम्पनीको आपूर्ती रहँदासम्म बजारमा उपलब्ध हुने बताइएको छ ।

कम्पनीले आईपडलाई आफ्नो वेबसाइटबाट पनि हटाइसकेको छ । आईपडको लिंकमा क्लिक गर्दा पनि अहिले आईपड टचको साइट खुल्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२