close

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्थगित

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १२:५६

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्थगित

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता पाँच दिनका लागि स्थगित भएकाे छ । शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसमेत खटिनुपर्ने भएकाले परिचयपत्रसँग सम्बन्धित काम रोकिएकाे विभागले जनाएको छ ।

सरकारको नयाँ नियम अनुसार जेठ १ गतेदेखि हप्ताको दुईदिन बिदा हुने भएकोले चुनावको भोलिपल्ट शनिबार र जेठ १ गते आइतबारको बिदा हुनेछ । त्यस्तै जेठ २ गते बुद्ध जयन्तीको बिदा हुनेछ ।

यसले गर्दा परिचयपत्र वितरणको काम पाँच दिनसम्म बन्द हुन लागेको हो ।

विभागले एक सूचना जारी गर्दै उल्लेख गरेको छ, ‘वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा यस कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकोले साविकको राहदानी विभागस्थित नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभा गृह र यस विभागको परिसरमा रहेको स्टेसनहरूबाट राष्ट्रिय परिचयपत्रको वैयत्तिक तथा जैविक विवरण संकलनको कार्य स्थगन गरिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२