काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले नेपाली बजारमा स्मार्टफाेन, स्मार्टवाच, ट्याब लगायतका ग्याजेट विस्तार गरिरहेकाे छ । सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले आफ्ना उत्पादन बजारमा ल्याउने गरेकाे छ ।
पछिल्लाे पटक कम्पनीले नेपाली बजारमा विश्व बजारमा ‘ए’ सिरिजका तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ । यसअन्तर्गत ए ३३, ए ५३ र ए ७३ स्मार्टफाेन छन् ।
कम्पनीले हाल आठ हजार ३९९ रूपैयाँदेखि दुई लाख २९ हजार रूपैयाँसम्म पर्ने स्मार्टफोन बजारमा उपलब्ध गराइरहेको छ ।
साथै कम्पनीले ग्राहकको सहजताको लागि नयाँ माेडलमा एक्सचेन्ज अफर पनि सञ्चालन गरेको छ । यसअन्तर्गत नेपालमा रहेका सामसङका आधिकारिक बिक्रेतामार्फत प्रयोगकर्ताले पुराना सिरिजका फोन साटेर नयाँ सिरिजका फोन खरिद गर्न सक्नेछन् ।
यसैबीच नेपाली बजारमा उपलब्ध सामसङ स्मार्टफाेनका पछिल्लाे मूल्य सूची प्रस्तुत गरेका छाैं ।