close

अब विश्व बजारमा ह्वावेको फोल्डेबल स्मार्टफोन, के के छन् फिचर

टेकपाना टेकपाना

बैशाख २८, २०७९ २२:२९

अब विश्व बजारमा ह्वावेको फोल्डेबल स्मार्टफोन, के के छन् फिचर

काठमाडौं । ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ‘ह्वावे मेट एक्स टु’ विश्व बजारमा सार्वजनिक गर्ने भएको छ । गत फागुनमा कम्पनीले यो स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक गरेको थियो ।

कम्पनीले आउँदो बुधबार (मे १८) मा ‘फ्ल्यागशिप प्रडक्ट लञ्च २०२२’ कार्यक्रम आयोजना गर्दैछ । याे अवसरमा सार्वजनिक हुने डिभाइसको विषयमा भने कम्पनीले कुनै जनाकारी दिएको छैन ।

तर, एक टिजरमा फोल्ड सहितको एक्स सिंग्नलले भने फोल्डेबल फोन सार्वजनिक गर्ने संकेत दिएकाे छ । कम्पनीले आफ्नो सबैभन्दा शक्तिशाली प्रोसेसर सहित लाइका क्यामेरा सेटअप र उच्च रिफ्रेश रेटका साथ यो स्मार्टफोन बजारमा ल्याएको छ ।

फोनको फोल्डिङ डिजाइन गत वर्ष सार्वजनिक भएको मेट एक्स एसभन्दा फरक छ । मेट एक्स टुमा दुईवटा डिस्प्ले दिइएको छ । फोनको भित्री डिस्प्लेमा नच अथवा पञ्चहोल छैन ।

फोनमा कम्पनीले हिंजका लागि विशेष प्रकारको लिक्विड मेटल प्रयोग गरेको छ ।

फोनको आधारभूत मोडलको मूल्य २७८५ डलर अर्थात् करिब तीन लाख २२ हजार २८० रुपैयाँ तथा ५१२ जीबी भेरियन्टको मूल्य २९४० डलर अर्थात् करिब ३ लाख ४० हजार २१७ रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२