close

८५-१२५ एमएम जुम लेन्स क्यामेरासहित सोनीको नयाँ फोन सार्वजनिक

टेकपाना टेकपाना

बैशाख २९, २०७९ ८:३३

८५-१२५ एमएम जुम लेन्स क्यामेरासहित सोनीको नयाँ फोन सार्वजनिक

काठमाडौं । सोनीले आफ्नो नयाँ स्मार्टफोन एक्सपेरिया वान आईभी (Xperia 1 IV) सार्वजनिक गरेको छ । सोनीको यो फ्ल्यागशिप फोनमा उपलब्ध क्यामेरा अप्टिकल ८५-१२५ एमएम जुम लेन्स प्रयोग गरिएको छ ।

पछिल्लो समयमा आफ्नो स्मार्टफोनमा क्यामेरा, गेमिङ, भिडिओ र अडियोमा सुधार गर्दै आएको सोनीले यो पटक फोनको जुम लेन्समा नयाँ परिवर्तन गरेको हो ।

फोनमा तीनवटा क्यामेरा सेटअप रहेको छ, जसमा १२ मेगापिक्सेलको २४ एमएम वाइड क्यामेरा, १२ मेगापिक्सेलको १६ एमएम अल्ट्रा वाइड क्यामेरा र १२ मेगापिक्सेलकै ८५-१२५ एमएम टेलिफोटो क्यामेरा उपलब्ध छ ।

सेल्फीका लागि पनि १२ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । औपचारिक रुपमा आज सार्वजनिक भएको यो फोनमा बजारमा भने सेप्टेम्बर महिनादेखि मात्र उपलब्ध हुनेछ ।

फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले उपलब्ध गराइएको छ । क्वालकमको स्न्यापड्रागन ८ जेन १ प्रोसेसर भएको फोनमा १२ जीबीको र्‍याम सहित ५१२ जीबीको स्टोरेज र माइक्रोएसडी कार्डको लागि स्लट पनि उपलब्ध गराइएको छ ।

५००० एमएएच ब्याट्री सहित कालो र बैजनी रंगमा उपलब्ध यो फोनको मूल्य १,६०० डलर (एक लाख ९८ हजार रुपैयाँ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२