काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका १३ हजारदेखि ६० हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ । नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले लगातार नयाँ माेडल भित्र्याइरहेकाे छ ।
कम्पनीले हालै रियलमी सी३५ ल्याएको थियाे । ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेकाे याे फोनले ‘टीयूभी स्मार्टफोन हाई रिलायबिलिटी’ सर्टिफिकेसन पाएको छ ।
युनिस्को टी६१६ प्रोसेसर रहेको फोनमा डीआरई डाइनामिक र्याम दिइएको छ । फाेनमा ५००० एमएएच ब्याट्री र १८ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ ।
यसैबीच हामीले नेपाली बजारमा उपलब्ध भएका रियलमीका स्मार्टफोनको पछिल्लो मूल्य सूची तयार पारेका छौं ।