close

आफ्नो टिकटक अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १३:४२

आफ्नो टिकटक अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका

काठमाडौं । तपाईंले टिकटक प्रयोग गरिरहँदा कुनै कुनै क्रियटर (व्यक्ति वा कम्पनी) को युजरनेमका पछाडि निलो टिक मार्क देख्न सक्नुहुन्छ । वास्तवमा यसलाई भेरिफाइड ब्याज भन्ने गरिन्छ ।

यसले सो अकाउन्ट आधिकारिक व्यक्ति वा संस्थाको रहेको जनाउँछ । त्यसैले प्रायः धेरै प्रयाेगकर्ता टिकटकमा आफ्नो नामका पछाडि भेरिफाइड ब्याज होस् भन्ने चाहन्छन् ।

तर यो सुविधा निश्चित वर्गका प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेगर्छ । आज हामी आफ्नो टिकटक अकाउन्ट कसरी भेरिफाई गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

वास्तवमा अन्य सामाजिक सञ्जालमा जस्तो टिकटकमा भेरिफिकेसन रिक्वेस्टकाे फिचर हुँदैन । फिचर नै नभए अन्य प्रयोगकर्ताको अकाउन्ट कसरी भेरिफाइड हुन्छ होला र भन्ने प्रश्न आउन सक्छन् ।

विशेषगरी टिकटकका कर्मचारी र सपोर्ट टिमले कसलाई भेरिफाई गर्ने भन्ने निर्णय लिने गर्छन् । त्यसका लागि तपाईंले केही त्यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ, जसले गर्दा तपाईंको अकाउन्ट चाँडै नै भेरिफाई गर्न सकिन्छ ।

केही चर्चित व्यक्ति वा ब्राण्डका लागि टिकटकले पहिले नै भेरिफाइड ब्याज रिजर्भ गरेर वा छुट्याएर राखेको हुन्छ । प्रयाेगकर्ताले परिचय खुल्ने कागज पेस गर्दा शुन्य फलोअरमा पनि टिकटक भेरिफाई हुने गर्छ । तर अन्य प्रयाेगकर्ताले निलाे टिक मार्क पाउन निश्चित प्रक्रिया पूरा गर्नुपर्छ ।

टिकटक भिडिओमा राम्रोसँग काम गर्नुहोस्

तपाईं टिकटक प्रयोगकर्ता भइसकेपछि तपाईंले अपलोड गर्ने भिडिओ राम्रो गुणस्तरका हुने गर्नुपर्छ । जसले गर्दा तपाईंका भिडिओहरू दर्शकमाझ चिनिन्छन् । त्यस्तै  राम्रै भिडिओ अपलोड गर्ने गर्नुभएको छ भने तपाईंको अकाउन्टमा फलोअर पनि उल्लेखनीय हिसाबले बढ्छन् ।

 आफ्ना फलोअर बढाउनुहोस्

टिकटकमा तपाईंले समय सान्दर्भिक राम्रा कन्टेन्ट राख्न थाल्नुभयो भने अवश्य पनि फलोअर बढ्नेछन् । त्यसका लागि तपाईंले उपयुक्त ह्याशट्याग प्रयोग गरी भिडिओ अपलोड गर्न सक्नुहुन्छ ।

त्यस्तै यदि समय अनुसार ट्रेण्डिङमा भएका साउन्ड प्रयोग गर्नुभयो भने पनि तपाईंका भिडिओ धेरै प्रयोगकर्यतामाझ पुग्नसक्ने सम्भावना हुन्छ । जसले गर्दा तपाईमका कन्टेन्ट उपयुक्त लागेमा प्रयोगकर्ताले फलो गर्नेछन् ।

यदि तपाईं अन्य सामाजिक सञ्जालमा प्रख्यात हुनुहुन्छ भने तपाईंले टिकटकबाट भिडिओ डाउनलोड गरी त्यहाँ अपलोड गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंको अकाउन्टमा फलोअर बढ्न सक्छन् ।

ट्रेन्डिङका साउन्ड प्रयोग गरी भिडिओमा भ्युज बढाउनुहोस्

टिकटकमा अपलोड गरिएका भिडिओमा भ्युज बढाउन तपाईंले ट्रेन्डिङमा रहेका साउन्ड प्रयोग गर्न सक्नुहुन्छ । त्यस्ता साउन्ड समय सान्दर्भिक हुने भएकाले धेरै दर्शकमाझ पुग्न सक्छन् ।

त्यस्तै तपाईंले टिकटकमा भिडिओ अपलोड गर्दा ह्याशट्याग प्रयोग गर्नु पर्ने हुन्छ । ह्याशट्याट त्यस्तो हुनुपर्छ जसलाई धेरैले खोजिरहेका हुन वा प्रयोग गरिरहेका हुन् ।

छोटा तरिका नअपनाउनुहोस्

अनलाइनमा तपाईंले निश्चित शुल्क दिनुभयो भने तपाईंको टिकटक अकाउन्ट भेरिफाई गरिदिने भनेर धेरैले प्रचार गरिरहेका हुन्छन् । त्यसरी केही शुल्क तिरेर भेरिफाई गराउन खोज्दा तपाईं स्क्यामरको जालोमा पर्न सक्नुहुन्छ ।

यदि तपाईं सामान्य प्रयोगकर्ता हुनुहुन्छ भने कसैले पैसा दिएर भेरिफाई हुनुको खासै औचित्य हुँदैन । टिक मार्क हुँदैमा तपाईं ठूलै मान्छे भन्ने पनि हुँदैन । यदि तपाईंलाई आफ्नो अकाउन्ट विविध कारणले भेरिफाई हुन आवश्यक छ भन्ने लागेको भने माथि उल्लेख गरिएका र केही तल उल्लेख गरिएका प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ ।

एउटा कुरा के याद गर्नुपर्छ भन्ने टिकटक आफैले कुन प्रयोगकर्तालाई भेरिफाइड व्याच दिने भन्ने निर्णय गर्छ । त्यसकारण टिकटकका मापदण्ड पूरा गर्नुभएको छ भने सजिलै आफ्नो अकाउन्ट भेरिफाई गर्न सकिन्छ ।

टिकटक भेरिफाई हुन विशेषगरी यी कुरा आवश्यक हुने गर्छन् ।

  • दैनिक पाँच सयदेखि दुई हजारसम्म फलोअर बढ्नु
  • टिकटकमा वाच टाइम बढाउनुहोस् ।
  • मिडिया (टिभी, पत्रपत्रिका, म्यागजिन)मा तपाईंबारे कुनै लेख लेखिएको होस् ।
  • तपाईंका कन्टेन्ट लाेकप्रिय (भाइरल) भइरहनु पर्छ ।
  • अन्य सामाजिक सञ्जालमा भेरिफाइड हुनुहुन्छ भने पनि टिकटकमा भेरिफाइड हुन सजिलाे हुन्छ ।
  • चर्चित क्रियटरका हकमा न्यूनतम १० हजार फलोअर हुन आवश्यक छ । 

यदि यी सबै कुरा पुरा भएका छन् भने तपाईंले यो ईमेल एड्रेसमा आफूले भेरिफाई गर्न खोज्नुको कारण खुलाउने लेख पठाउनुपर्ने हुन्छ ।

साथमा तपाईं चर्चित व्यक्ति हुनुका आधार (डकुमेन्ट) राख्नुपर्ने हुन्छ । यदि तपाईं वा तपाईंकाे कम्पनीले माथि उल्लेख गरिएका मापदण्ड पुरा गरेको छ भने तपाईंले उपयुक्त आधारहरू उल्लेख गरी ईमेल पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२