close

बानेश्वरमा फ्युजमसिनको नयाँ कार्यालय

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १४:२२

बानेश्वरमा फ्युजमसिनको नयाँ कार्यालय

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी फ्युजमसिन नेपाल नयाँ कार्यालयमा सरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले फ्युजमसिनको बानेश्वरस्थित नयाँ कार्यालय उद्घाटन गरे ।

कार्यक्रममा फ्युजमसिनका संस्थापक समिर मास्केलगायत अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रका दिग्गज व्यक्तिको सहभागिता थियो ।

कम्पनीका संस्थापक मास्केले आफूहरूले सानो टिमबाट सुरु गरेको यो कम्पनीले आज ३०० बढी जनशक्तिको आबद्धतामा देश तथा विदेशमा एआई सम्बन्धी सेवा, तालिम, प्रतिभा उत्पादन लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए ।

सन् २०१३ मा स्थापना कम्पनीले एआईको आवश्यकता र महत्व बुझेका, तर दक्ष एआई इन्जिनियरको अभावको सामना गरिरहेका संस्थाहरुलाई मद्दत पुर्‍याउने कामसमेत गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२