close

संस्कृत, मैथली र भोजपुरीसहित गुगल ट्रान्सलेटमा थपिए २४ नयाँ भाषा

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १७:१५

संस्कृत, मैथली र भोजपुरीसहित गुगल ट्रान्सलेटमा थपिए २४ नयाँ भाषा

काठमाडौं । गुगलमा अब मैथली, भोजपुरी र संस्कृतसहित अन्य २४ वटा भाषा ट्रान्सलेट गर्न सकिने भएको छ । बुधबार सम्पन्न डेभलपर कन्फ्रेन्स ‘गुगल आई/ओ’ मा कम्पनीले गुगल ट्रान्सलेटमा थपिएका भाषाबारे जानकारी दिएको हो ।

अब अन्य भाषासँगै गुगल ट्रान्सलेटमा चाँडै नै मैथली, भोजपुरी, संस्कृत लगायतका भाषा पनि ट्रान्सलेट गर्न मिल्ने भएको हो । भोजपुरी भाषा नेपाल, भारत, फिजी लगायतका देशमा करिब पाँच करोड जनसंख्याले प्रयोग गर्छन् ।

त्यस्तै मैथली भाषा तीन करोड ४० लाखकाे हाराहारी र संस्कृत २० हजार बढीले प्रयाेग गर्ने गरेको गुगलको ब्लगमा उल्लेख छ ।

गुगल ट्रान्सलेटले विगत केही वर्षदेखि मानिसलाई अन्य भाषालाई आफ्नै भाषामा बुझ्न अथवा अन्य भाषीलाई उसकै भाषामा आफ्नो कुरा बुझाउन मद्दत गर्दै आएको छ ।

यो सेवालाई थप विस्तार गर्न र प्रविधिको पहुँचमा नपुगेको भाषालाई पनि प्राथमिकता दिन थप २४ भाषा गुगल ट्रान्सलेटमा उपलब्ध गराउन लागिएकाे कम्पनीले बताएको छ ।

थप गरिएका भाषासहित अब गुगल ट्रान्सलेटमा १३३ भाषा ट्रान्सलेट गर्न सकिने भएको छ ।              

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२