close

ह्याकरबाट फिर्ता नआएपछि ‘साप्ताहिक’को ह्यान्डलबाट ट्वीटरमा फर्कियो कान्तिपुर टिभी

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १८:१९

ह्याकरबाट फिर्ता नआएपछि ‘साप्ताहिक’को ह्यान्डलबाट ट्वीटरमा फर्कियो कान्तिपुर टिभी

काठमाडौं । ह्याक भएको ट्वीटर अकाउन्ट फिर्ता हुन नसकेपछि कान्तिपुर टिभीले कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको ‘साप्ताहिक’ पत्रिकाको अकाउन्ट प्रयोगमा ल्याएको छ । चैत २३ गते साँझदेखि आधिकारिक ट्वीटर ह्यान्डल ह्याकरको कब्जामा गएपछि ट्वीटरमा शुक्रबारदेखि मात्र कान्तिपुर टिभीको पुनः उपस्थिति देखिएको हो । 

ह्याक भएको ट्वीटर ह्यान्डलको नाम परिवर्तन हुँदा भेरिफिकेसन ब्याच हटिसकेको छ । युजरनेम भने पुरानै रहेको उक्त अकाउन्टबाट मेटभर्समा काम गरिरहेको अजुकी नामक एक कम्युनिटीका ट्वीट रिट्वीट गर्ने गरिएको छ ।

प्रयोगमा ल्याइएको ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै कान्तिपुर टिभीका प्रधान सम्पादक दिलभुषण पाठकले कान्तिपुर टिभी एचडी (@KantipurTVHD) नामक युजरनेमका साथ कान्तिपुर टिभीको आधिकारिक ट्वीटर ह्यान्डलको रुपमा प्रयोगमा ल्याइएको बताएका छन् ।

यद्यपि ह्याक भएको आवरकेटीभी (@ourktv) युजर नेम भएको पुरानो ह्यान्डल फिर्ता ल्याउन केही समय लाग्ने जानकारी समेत उनले गराएका छन् । जसमा करिब दुई लाख ८६ हजार फलोअर रहेका छन् । 

युवा पुस्तामाझ एकताका निकै चर्चित रहेको साप्ताहिक पत्रिका कोभिड महामारीबीच बन्द भएपछि त्यसको एक लाख ५० हजारभन्दा बढी फलोअर रहेको ट्वीटर ह्यान्डल समेत प्रयोग विहीन बनेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२