close

युट्युबमा भिडिओ स्वतः ट्रान्सलेट हुने फिचर आउँदै

टेकपाना टेकपाना

बैशाख २९, २०७९ २२:३७

युट्युबमा भिडिओ स्वतः ट्रान्सलेट हुने फिचर आउँदै

काठमाडौं । अब मोबाइलमा युट्युबका भिडिओहरू हेर्दा स्वतः भाषा अनुवाद हुने फिचर उपलब्ध हुने भएको छ । गुगलले डेभलपर्स कन्फ्रेन्स ‘गुगल आई/ओ’ मार्फत यो फिचरको बारेमा जानकारी दिएकाे हो ।

उक्त कार्यक्रममार्फत गुगलले चाँडै नै युट्युबका मोबाइल प्रयोगकर्ताका लागि अटो ट्रान्सलेट क्याप्सन अर्थात् स्वतः भाषा परिवर्तन हुने फिचर ल्याउने बारेमा बताएको हो ।

यसमा विश्वका विभिन्न १६ वटा भाषाहरू उपलब्ध हुने बताइएको छ । यो फिचर एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो वर्षको अन्त्यसम्ममा यो फिचर तयार हुने गुगलको भनाइ छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२