close

गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् फिचर

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १४:११

गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । गुगलले आफ्नो पहिलो स्मार्टवाचको रुपमा बुधबार अमेरिकाको क्यालिफोर्नियामा आयोजित भएको आफ्नो कार्यक्रममार्फत गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । गुगलको यो स्मार्टवाच गोलाकार डोम्ड डिजाइन सहित आएको छ ।

जसमा आयातकार डिस्प्ले तथा गोलाकार किनारा रहेको छ । पिक्सेल वाचमा फिटनेस ट्र्याकिङ फिचर सम्बन्धी अनेक फिचर समावेश गरिएका छन् । गुगल पिक्सेल वाचको मूल्य भने खुलाइएको छैन ।

यो स्मार्टवाच यो वर्षको अन्त्यसम्ममा खरिदका लागि उपलब्ध हुने बताइएको छ । गुगल पिक्सेल वाच पछिल्लो वेयर ओएसमा काम गर्दछ । यसमा न्युनतम बेजलका साथ गोलाकार डिस्प्ले तथा एउटा घुमाउरो ग्लास प्रोटेक्सन दिइएको छ ।

यसमा एप्पल वाचको डिजिटल क्राउनकै समान टेकटाइल क्राउन पाउन सकिनेछ । यो स्मार्टवाचमा स्टेनलेस स्टिल बिल्ड समेत दिइएको छ । पिक्सेल वाचमा समेभ कस्टमाइजेबल, स्वाइप गर्न मिल्ने रिस्ट ब्यान्डका साथ आउनेछ ।

गुगलले बताएको छ कि पिक्सेल वाच सुधारिएको वेयर ओएस यूआईमा चल्नेछ । जुन उत्कृष्ट फ्लुइड नेभिगेसन तथा स्मार्ट नोटिफिकेसनसँग जोडिएको छ ।

उत्कृष्ट अनुभव दिनका लागि पिक्सेल वाचलाई  गुगल अफरिङमा समेत इन्ट्रिग्रेड गरिएको छ । जसमा गुगल असिस्टेन्ट, गुगल म्याप्स र गुगल वालेट समेत राखिएको छ ।

गुगलले पिक्सेल वाचलाई वेयर ओएसका लागि होम एपको उपयोग गरेर सुसंगत स्मार्ट होम डिभाइसका लागि रिमोटको जस्तै गरी तयार पारिएको छ । यसबाट तपाईँले आफ्नो थर्मोमिटरलाई एडजस्ट गर्न सक्नुहुनेछ अथवा आफ्नो नाडीबाट सोझै लाइट चालु वा बन्द गर्न सक्नुहुनेछ ।

गुगलले उत्कृष्ट स्वास्थ्य तथ फिटनेस अनुभव दिनका लागि पिक्सेल वाचमा फिटबिटलाई समेत इन्टिग्रेट गरेको छ । गुगलको भनाईमा यो स्मार्ट वाचले लगातार मुटुको चाल तथा निन्द्रालाई ट्र्याक गर्न सक्छ र प्रयोगकर्ताको शारीरिक व्यायामको समयमा उनीहरूको एक्टिभ जोन मिनेट समेत राख्ने गर्दछ ।

साथै यसबाट प्रयोगकर्ताले आफ्नो डेटा ट्र्याक समेत ग र्न सक्नेछन् र फिटनेस लक्ष्य हासिल गर्न सकेनछन् । पिक्सेल वाचले फाइन्ड माई डिभाइस एपमा समेत काम गर्नेछ ।

यसले प्रयोगकर्तालाई उनीहरूको वाचमा उपलब्ध म्यापमा आफूले हराएको पिक्सेल फोन, इयर बड्स वा यसलाई सपोर्ट गर्ने अन्य कुनै उपकरण पत्ता लगाउन तथा खोज्न सघाउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२