close

गुगलले ल्यायो पिक्सेल बड्स प्रो, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १४:३६

गुगलले ल्यायो पिक्सेल बड्स प्रो, यस्तो छ मूल्य र फिचर

काठमाडौं । गुगलले वार्षिक रुपमा आयोजन गर्दै आएको गुगल आईओ कार्यक्रम मार्फत बुधबार पिक्सेल बड्स प्रो सार्वजनिक गरेको छ । आफ्नो पछिल्लो ‘ट्रु वायरलेस स्टेरियो’ (टीडब्लूएस) इयरब्डसको रुपमा ल्याइएको यो इरबड्सले एप्पलको एयरपड्स र सामसङको ग्यालेक्सी बड्स प्रोसँग प्रतिस्पर्धी गर्नेछ ।

गुगल पिक्सेल बड्स प्रोको मूल्य १९९ अमेरिकी डलर अर्थात् करिब २५ हजार रुपैयाँ रहेको छ । यो इयरबड्स चारकोल, कोरल, फग र लेमनग्रास गरी चार कलर अप्सनमा उपलब्ध हुनेछ ।

पिक्सेल बड्स प्रोका लागि आगामी २१ जुलाई देखि अमेरिकामा प्रि अर्डर खुल्नेछ । गुगल पिक्सेल बड्स प्रो एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी) फिचरको साथमा आउँछ ।

जसले नयाँ साइलेन्ट सिल प्रविधिको उपयोग गर्दछ । दाबी गरिए अनुसार यसले अडियो लिकेजको भर्पाई गर्नका लागि तथा न्वाइज क्यान्सिलेसनको मात्रालाई अधिकतम गर्नका लागि सहयोग गर्दछ ।

यो फिचरले नयाँ इयरबड्सलाई विद्यमान पिक्सेल बड्स तथा पिक्सेल बड्स ए सिरिजको तुलनामा निकै अपग्रेडेड तुल्याउँछ । किन कि ती दुवै बड्समा एएनसीको सपोर्ट छैन । पिक्सेल बड्स प्रोमा एउटा पारदर्शी मोड समेत सामेल छ, जसले प्रयोगकर्तालाई एम्बियन्ट साउन्ड सुन्नका लागि सहयोग गर्दछ ।

गुगलको दाबी अनुसार यो वर्षको अन्त्यसम्म पिक्सेल बड्स प्रोलाई स्थानीयक अडियो सपोर्टका साथ अपडेट गरिनेछ । ता कि एप्पलको एयरपड्स प्रोलाई टक्कर दिन सकोस् ।

यो इयरबड्स एउटा कस्टम अडियो चिपको साथमा आउँछ, जसले ११ घण्टासम्म सुन्ने समय प्रदान गर्दछ । विद्यमान पिक्सेल बड्स तथा अन्य पिक्सेल डिभाइसको जस्तै पिक्सेल बड्स प्रोमा समेत ह्यान्डस फ्री गुगल असिस्टेन्टको अनुभव गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२