close

जुकरबर्गले देखाए भीआर हेडसेटको ‘डेमो’, हेर्नुहोस् यस्तो देखिन्छ मेटाभर्सको ‘प्रवेश द्वार’

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १५:९

जुकरबर्गले देखाए भीआर हेडसेटको ‘डेमो’, हेर्नुहोस् यस्तो देखिन्छ मेटाभर्सको ‘प्रवेश द्वार’

काठमाडौं । मार्क जुकरबर्गले मेटाको हाईइन्ड भर्चुअल रियालिटी हेडसेट प्रोजेक्ट क्यामब्रियाको पहिलो झलक देखाएका छन् । मेटा कम्पनीले आफ्नो आगामी हेडसेटका केही शक्तिशाली क्षमताको बारेमा एउटा छोटो भिडिओ दिएको छ ।

जसबाट थाहा हुन्छ कि यो आगामी हेडसेटमा हाई रिजोलुसन, फुल कलर पासथ्रो सपोर्ट जस्ता फिचरहरू रहनेछन् । यसबाट भर्चुअल वस्तुको सहयोगमा केनेक्ट गर्न सकिनेछ । जसबाट रियल-टाइममा भर्चुअल वातावरण तयार पार्न सकिन्छ ।

प्रोजेक्ट क्यामब्रिया एउटा भीआर हेडसेट हो, जुन विकासकै क्रममा रहेको छ । यसलाई आगामी केही वर्षमा प्रयोगकर्ताका लागि सार्वजनिक गरिने अपेक्षा छ ।

जसै भर्चुअल मिटिङका लागि ल्यापटप तथा मोबाइलको आवश्यकता हुन्छ, त्यसैगरी मेटाभर्स विश्वको अनुभवका लागि प्रोजेक्ट क्यामब्रियाको आवश्यकता पर्नेछ । यो डेमोलाई वर्ल्ड बियोन्डको नामबाट पेश गरिएको छ ।

मेटाले भनेको छ कि यो डेभलपरका लागि चाँडै एप ल्याबमा उपलब्ध हुनेछ । यो प्रोजेक्ट क्यामब्रिया त्यस्ता भर्चुअल रियालिटी हेडसेटमध्येको एक हो, जसबाट मेटाको तर्फबाट आगामी केही वर्षमा सार्वजनिक गरिनेछ ।

प्रोजेक्ट क्यामब्रिया हेडसेटभित्र वास्तविक दुनियाँलाई हेडसेट भित्र उत्कृष्ट तवरमा हेर्नका लागि हाई रेजोलुसन इमेज सेन्सरको प्रयोग गरिएको छ । जसबाट वास्तविक संसारलाई उत्कृष्ट इनसाइट हेडसेटबाट अनुभव गर्न सकिनेछ ।

डेमो रिलमा जुकरबर्गले भिडिओबाट कार्टुन क्यारेक्टरतर्फ इसारा गर्दै गरेको तथा रियल वर्ल्डमा भर्चुअल अनुभव गरिरहेको देखिन्छ । यसमा अन्य मेटा एआर परियोजनाका क्लिप समेत सामेल गरिएको छ ।

भविष्यमा तपाईँले पनि यसैगरी भर्चुअल अफिसको दुनियाँमा प्रवेश गर्न हेडसेट उपयोग गर्न सक्नुहुनेछ । साथै अग्मेन्टेड रियालिटीको प्रयोग गरेर क्लाउड वर्कस्टेसनमा काम समेत गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२