close

केही व्यक्तिहरू सार्वजनिक स्थलमै किन हेर्ने गर्छन् पोर्न सामग्री ? 

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १६:५५

केही व्यक्तिहरू सार्वजनिक स्थलमै किन हेर्ने गर्छन् पोर्न सामग्री ? 

काठमाडौं । ब्राउनवेन रिड बेलायतको एउटा सार्वजनिक लाइब्रेरीमा बसिरहेकी थिइन् र अन्य छात्रले जस्तै त्यहाँ उनी पढ्न चाहन्थिन् । तर उनलाई असहज बनाउने दृश्य दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति लाइब्रेरीको कम्प्युटरमा पोर्न हेरिरहेका थिए ।

रेडियो वन न्युजबिटसँग कुरा गर्दै उनी भन्छिन्, “मलाई जोरको झट्का लाग्यो र म हैरान भएँ । अगाडि के गर्ने भन्ने कुरा मेरो दिमागमा आइरहेको थिएन ।”

म्यानचेस्टरमा रहँदै आएकी २१ वर्षीय रिडलाई लाग्यो कि यो एक पटक हुने घटना थियो । तर केही सातापछि उनलाई त्यही लाइब्रेीमा सोही व्यक्ति फेरि कम्प्युटरमा पोर्न हेर्दै गरेको भेटियो ।

ब्राउनवेन रिडकै जस्तो अन्य व्यक्तिहरूले समेत बस, ट्रेन र लाइब्रेरी जस्ता सार्वजनिक स्थानमा मानिसहरूले पोर्न हेरिरहेको घटनाको बारेमा कुरा गरेका छन् । हालै कन्जर्भेटिभ पार्टीका एक सांसदलाई संसद्‌मा आफ्नो फोनमा पोर्न हेर्दै गरेको भेटिएपछि उनले राजीनामा दिनु परेको थियो ।

यद्यपि बीबीसीसँग कुरा गर्दै उनले भनेका थिए कि यो घटना ट्र्याक्टर वेबसाइट खोज्ने दौरानमा भुलवश भएको थियो र उनको आशय पोर्न हेर्ने थिएन ।

बेलायतमा मिडियामाथि निगरानी गर्ने संस्था अफकमका अनुसार बेलायतमा लगभग आधा बालिग जनसङ्ख्याले पोर्न हेर्ने गर्दछ । सार्वजनिक स्थानहरूमा मानिसहरू पोर्न किन हेर्ने गर्दछन् भन्ने विषय बुझ्नका लागि बीबीसीले लरेल सेन्टरमा पोर्नोग्राफी तथा सेक्सको लगतमा काम गर्ने साइकोथेरापिस्ट डा. पाल हलसँग कुरा गरेको थियो ।

डा. पाल हल भन्छन् कि यसको एउटा सम्भावित कारण व्यक्तिहरूमा पोर्ने हेर्ने लत हुनसक्छ । न्युजबिटसँग कुरा गर्दै उनी भन्छिन्, “जब कुनै चिजलाई लिएर मानिसहरूको लत बढ्दछ, तब उनीहरूको आफूमाथिकै नियन्त्रण समाप्त हुने गर्छ भन्ने लाग्छ ।”

चाहे त्यो रक्सीको लत होस्, जुवाको लत होस् वा गेमिङको । स्वयम् आफूमाथि नियन्त्रण राख्न मुस्किल हुँदै जान्छ । उनी यसलाई सम्झाउँदै भन्छिन्, “पोर्न हेर्ने इच्छा र आवश्यकता घर गएर पछि हेरौँला भन्ने स्तरभन्दा अधिक भइदिन्छ ।”

जब कुनै व्यक्तिलाई कुनै कुराको लत लाग्छ भने दिमागको सोच्ने हिस्सा अक्सर अफलाइन भइदिन्छ । केलम सिङ्गलटनलाई ग्लासगोमा बसको यात्राका दौरान एक व्यक्ति फोनमा पोर्न स्क्रोल गर्दै गरेका देखिए ।

१९ वर्षीया केलम भन्छिन्, “यस्तो लाग्छ कि यो एउटा व्यापक मुद्दाको विषय हो… यो उनीहरूको दैनिक जीवनको हिस्सा हो…तर यस्तो हुनुहुँदैन ।”

जो व्यक्तिहरू सार्वजनिक स्थानहरूमा पोर्न हेर्ने गर्दछन्, उनीहरू आफूलाई लिएर जागरुक नै नभएको हुनसक्ने डा. हलको बुझाई छ । “उनीहरू ईबे वा फेसबुक जस्ता वेबसाइट स्क्रोल गरिरहेका हुनछन् र अर्को मिनेटमा उनीहरूलाई कुनै लिङ्क प्राप्त हुन्छ अनि उनीहरु पोर्नोग्राफीमा पुगिहाल्छन्,” डा. हल भन्छिन् ।

उनी भन्छिन् कि मूलधारको संस्कृतिमा पोर्नोग्राफीलाई सामान्यीकरण भएको छ र यसबाट समेत मानिसहरू प्रभावित हुनसक्छन् । “अब पोर्नोग्राफी हरेक स्थानमा छ, केही साल अघिको तुलनामा अब यो एकदमै धेरै छ र के पोर्न हो वा के होइन त्यसबीचको भेद पनि मेटिसकेको छ,” उनी भन्छिन् ।

“केही व्यक्तिहरू पोर्न हेर्दै गर्दा उनीहरूको आमने सामनेका व्यक्तिहरू समेत पोर्न हेर्छन् भन्ने कुरा सोच्न सक्छन् । पोर्न अब सामान्यीकरण भइसकेको छ ।” डा. हल यो पनि भन्छिन् कि केही पुरुष यस्ता समेत हुन्छन्, जसको सङ्ख्या त्यति धेरै छैन, जसलाई लाग्छ कि सार्वजनिक स्थानमा पोर्न हेरेर उनीहरू आफ्नो शक्तिको प्रदर्शन गरिरहेका छन् ।

“यसका पछाडि केही पुरुषवादी मानसिकता समेत छ । मानिसहरू आफूसँग हेर्ने अधिकार छ भन्ने कुरा पनि सोच्न सक्छन् । उनीहरू यो पनि सोच्न सक्छन् कि यदि कोही यसबाट असहज भइरहेको छ भने यो उसैको समस्या हो ।”

एउटा बानी डा हल भन्छिन् कि यदि कसैले कम उमेरमै पोर्न हेर्न सुरु गरेको छ भने त्यसको समेत असर हुन सक्छ । “लगभग हरेक प्रकारका व्यवहारमा यो कुरा लागू हुन्छ । हामी कति कम उमेरमा कुनै काम सुरु गर्दछौँ भन्ने कुराको असर उसमा कति गहिरो लत लागेको छ भन्नेमा हुन्छ ।”

जब यो एउटा नराम्रो बानी वा लत हो भन्ने कुरा तपाईँ स्वीकार गर्न सक्नुहुन्न, तब त्यसबाट छुट्कारा पाउन अझ मुस्किल हुने गर्छ । “यदि उनीहरू कम उमेरमै पोर्न हेर्न सुरु गर्छन् भने त्यो कहिँ न कहिँ स्वतः हुने गर्दछ,” उनी भन्छिन् ।

ब्राउनबेनको बुझाईमा यो कुरा चिन्ताजनक हो, किन कि सार्वजनिक स्थान सबैका लागि सुरक्षित हुनुपर्छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने सार्वजनिक स्थानमा हरेकले सहज र सुरक्षित महसुस गर्न सक्नुपर्छ । तर हरेक समय त्यसो हुन सकिरहेको हुँदैन,” उनी भन्छिन् ।

“केही मानिसहरूका लागि यो निकै असहज र हैरानीको कारण बन्न सक्छ ।” डा. हल भन्छिन्, “आफ्नो बारेमा जागरुकताको कमी समेत यसको महत्त्वपूर्ण कारण हो । अर्को व्यक्ति यसबाट कतिसम्म असहज हुन सक्छ भन्ने कुरा थाहा नपाउनु पनि यसको कारण हो । त्यस्ता व्यक्तिहरू सायद अर्को व्यक्तिका लागि यो निकै घृणास्पद हो भन्ने कुरा भुलिसकेका हुनसक्छन् ।” 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२