close

गुगलले प्ले स्टोरबाट हटायो कल रेकर्डिङ गर्ने सबै एप 

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १८:४

गुगलले प्ले स्टोरबाट हटायो कल रेकर्डिङ गर्ने सबै एप 

काठमाडौं । गुगलले गएको महिना प्ले स्टोरमा सबै कल रेकर्डिङ एपहरूमाथि प्रतिबन्धित लगाउने घोषणा गरेको थियो । प्ले स्टोरको नीतिमा परिवर्तन गर्दै गुगलले सबै प्रकारका कल रेकर्डिङ एपहरू हटाउन लागेको हो ।

इन-बिल्ट रुपमा मोबाइलमा हुने रेकर्डिङ सुविधा बाहेक अब प्ले स्टोरबाट निःशुल्क वा सशुल्क कुनै पनि प्रकारका कल रेकर्डर डाउनलोड गर्न पाइनेछैन । कल रेकर्डिङ सुविधाले प्रयोगकर्ताको गोपनीयता भ‍ङ्ग हुने जिकिर गुगलले गर्दै आएको छ ।

आफ्नो डायलर एपमा रहेको कल रेकर्डिङ फिचरमा समेत रेकर्डिङ सुरु हुनुअगावै दुवै तर्फ स्पष्ट रूपमा ‘यो कल रेकर्डिङ भइरहेको छ’ भन्ने अलर्टका साथ आउनेछ। यो नयाँ नीतिले थर्ड पार्टी एपहरूलाई मात्र असर गर्ने गुगलले स्पष्ट पारेको छ। यसको मतलब गुगल डायलरमा कल रेकर्डिङले अझै पनि काम गर्नेछ ।

तर यो फिचर तपाईँको मोबाइलमा इनबिल्ड रूपमा हुन आवश्यक छ । यससँगै ट्रुकलरले पनि आफ्नो एपबाट फोन रेकर्ड गर्न मिल्ने फिचर हटाएको छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२