close

मतगणना सुरू नहुँदै फेसबुकमा फैलियो भ्रामक सूचना

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ २३:२९

मतगणना सुरू नहुँदै फेसबुकमा फैलियो भ्रामक सूचना

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय निवार्चनको मतणना सुरु नहुँदै सामाजिक सञ्जालमा गलत सूचना फैलिएको छ । फेसबुकमा काठमाडौं मतगणना भन्दै भिम उपाध्यायले गरेको गलत पोस्टले केही बेरमै भाइरल बन्यो ।

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उपाध्यायले गरेको पोस्टलाई आधार मान्दै केही चर्चित व्यक्तिसहित सयाैं सामाजिक प्रयोगकर्ताले कपी पेस्ट गर्दै शेयर गरे ।

तर यो मिथ्या सूचना भएको केही समयमै प्रमाणित भयो । लगत्तै उपाध्यायले आफ्नो फेसबुक अकाउन्टबाट पोस्ट हटाए । उपाध्याय सामाजिक सञ्जालमा विभिन्न विषयमा पोस्ट गरी बारम्बार विवादित बन्दै आएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बस्ने र त्यसपछिमात्रै मतगणनाबारे निर्णय हुने जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२