close

यस्तो छ आईफोनको वालपेपर स्वतः परिवर्तन गर्ने तरिका

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १०:१४

यस्तो छ आईफोनको वालपेपर स्वतः परिवर्तन गर्ने तरिका

काठमाडौं । यदि हरेक दिन एउटै वालपेपर देख्दा दिक्क लाग्छ भने तपाईं आफ्नो आईफोनको वालपेपरलाई रोचक बनाउन सक्नुहुन्छ । एप्पलमा हरेकदिन वालपेपर स्वतः परिवर्तन हुने फिचर उपलब्ध छ ।

साथै तपाईंले चार्जर जोड्दा अर्कै र चार्जर निकालिसकेपछि अर्कै वालपेपर पनि स्वतः परिवर्तन गर्न सक्नुहुन्छ ।

यसरी स्वतः परिवर्तन गर्नुहोस् आईफोनमा वालपेपर 

– फोटो एपमा गएर एल्बम्समा क्लिक गर्नुहोस् ।

– स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको प्लस (+) संकेतमा क्लिक गर्नुहोस् र न्यु एल्बममा क्लिक गर्नुहोस् ।

– एल्बमको नाम लेखेर सेभमा क्लिक गर्नुहोस् ।

– आफूलाई मनपर्ने फोटोहरू वा एल्बममा क्लिक गर्नुहोस्

-एल्बम क्रियट गरिसकेपछि बाँकी कामहरू सर्टकट एपबाट गर्नुपर्ने हुन्छ । यदि तपाईंको आईफोनमा सर्टकट एप डिफल्ट रुपमा इन्स्टल छैन भने एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

– एप ओपन गरेर स्क्रिनको दायाँतिर सबैभन्दा माथि भएको प्लस (+) संकेतमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको माथि ‘सर्टकट नेम’ लेखिएको बक्समा ‘अटो वालपेपर’ टाइप गरेर ‘एड एक्सन’ मा क्लिक गर्नुहोस् ।

– सर्च बक्समा फोटोज टाइप गर्नुहोस् र स्क्रिनमा देखिने ‘फाइन्ड फोटोज’ मा क्लिक गर्नुहोस् ।

– यसपछि ‘एड फिल्टर’ अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ आउने तीनवटा अप्सनमध्ये ‘रिसेन्ट’ मा क्लिक गर्नुहोस् । यसपछि स्क्रिनमा विभिन्न एल्बमका नामहरू देख्न सक्नुहुनेछ । ती मध्ये आफूले क्रियट गर्नुभएको एल्बममा क्लिक गर्नुहोस् ।

– स्क्रिनको बायातिर भएको सर्टबाइको दायातिर देखिने ‘नन’ अप्सनमा क्लिक गर्नुहोस् । यहाँ तपाईंले विभिन्न अप्सन देख्न सक्नुहुनेछ । ती मध्ये सबैभन्दा अन्तिममा भएको ‘र्‍यान्डम’ अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि लिमिट अप्सनमा गएर वालपेपरमा आफूले कतिवटा फोटो परिवर्तन गर्ने त्यो अनुसारको फोटोको संख्या राख्नुोस् ।

– स्क्रिनमा सबैभन्दा तल रहेको सर्च बक्समा गएर ‘सेट वालपेपर’ टाइप गर्नुहोस् ।

– स्क्रिनको दायाँतिर सबैभन्दा माथि भएको क्रस (X) संकेतमा क्लिक गर्नुहोस् ।

यसरी तपाईंले आफ्नो वालेपपर स्वतः रुपमा परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२