close

ह्वाट्सएपमा नम्बर सेभ नगरी यसरी पठाउन सकिन्छ म्यासेज

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ ११:५

ह्वाट्सएपमा नम्बर सेभ नगरी यसरी पठाउन सकिन्छ म्यासेज

काठमाडौं । हामीमध्ये धेरैले म्यासेजिङ एप ह्वाट्सएप प्रयोग गरेका नै छौं होला । कसैसँग च्याट गर्नुपर्‍यो भने सबैभन्दा पहिले कन्ट्याक्टमा उसको नम्बर खोजेर त्यसपछि म्यासेज गर्नुपर्छ ।

आज हामी एउटा यस्तो तरिका बताउँदै छौँ, जसका माध्यमबाट फोन नम्बर कन्ट्याक्टमा सेभ नगरी च्याट गर्न सकिन्छ ।

कतिपय परिस्थितिमा हामीलाई हतारमा फाइलहरू शेयर गर्नुपर्ने हुन्छ । नम्बर सेभ गरेर म्यासेज गर्ने प्रक्रिया अलि झन्झटिलो पनि हुन्छ । एउटा मात्र फाइल पठाउन वा टेक्स्ट गर्न नम्बर सेभ गर्न मनले पनि नमानेको हुनसक्छ ।

त्यसैले हामी सबै एउटा त्यस्तो तरिका खोजीमा हुन्छौँ, जसबाट नम्बर सेभ नगरी म्यासेज पठाउन सकियोस् । त्यसका लागि सबैभन्दा पहिले आफूले म्यासेज पठाउन चाहेको नम्बर कपी गर्नुहोस् ।

त्यसपछि गुगलमा गएर (wa.me/देशको कोड र मोबाइल नम्बर (९७७९७४२******) टाइप गरी सर्च गर्नुभयो भने तपाईं सोझै ह्वाट्सएपको वेब वा एप खुल्छ । त्यसपछि तपाईंले च्याट गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२