close

पीसीमा निःशुल्क गरेसँगै पब्जीले तीन महिनामै कमायो ३८ अर्ब

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १४:५०

पीसीमा निःशुल्क गरेसँगै पब्जीले तीन महिनामै कमायो ३८ अर्ब

काठमाडौं । जनवरी महिनादेखि पब्जीको पर्सनल कम्प्युटर (पीसी) भर्सन निःशुल्क गरेसँगै यसको आम्दानी बढेको छ । पब्जीको डेभलपर कम्पनी क्राफ्टनले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार यो वर्षको पहिलो त्रैमासिकमा पब्जी पीसीको आम्दानी १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पब्जी पीसीको आम्दानी मात्रै अघिल्लाे वर्षकाे तुलनामा ६१ प्रतिशतले बढेकाे छ । गत वर्षकाे पहिलाे त्रैमासिककाे तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा १२४ प्रतिशतले कम्पनीकाे आम्दानी वृद्धि भएको छ ।

योसँगै यस खेलका प्रयोगकर्ता पनि प्रत्येक महिना तीन गुणाले बढिहरेको कम्पनीले बताएको छ । यद्यपि संख्या भने उल्लेख गरिएको छैन ।

सन् २०१७ मा सुरु गर्दा पब्जी पीसी भर्सन सशुल्क थियो । तर फोर्टनाइट, कल अफ ड्युटी: वारजोन र एपेक्स लिजेन्डस् जस्ता खेलहरूले निःशुल्क उपलब्धतामा राम्रो आम्दानी गरिरहेको छ । यसले गर्दा पनि क्राफ्टनलाई पब्जीलाई निःशुल्क बनाउन धेरै सोचिरहन परेन ।

साथै पब्जी मोबाइलको लोकप्रियताले पनि पब्जी पीसीलाई प्रवर्द्धन गर्न केही हदसम्म सहयोग गरेको छ ।

क्राफ्टनका अनुसार २०२१ को मार्च महिनासम्म एक अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको खेलले २०२२ को पहिलो त्रैमासिकमा ३० करोड ७१ लाख डलर अर्थात ३७ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२