close

३२ देशमा पुग्यो एलन मस्कको स्टारलिंक इन्टरनेट

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १६:२४

३२ देशमा पुग्यो एलन मस्कको स्टारलिंक इन्टरनेट

काठमाडौं । स्टारलिंकको इन्टरनेट सेवा अब विश्वका ३२ देशमा उपलब्ध हुने भएको छ । स्पेसएक्सले ट्वीटरमा ट्वीट गर्दै स्टारलिंकको उपलब्धताको विषयमा जानकारी दिएको हो ।

अष्ट्रेलिया, ब्राजिल, चिली, अमेरिका, क्यानडा र युरोपका अधिकांश भागसहित अन्य देशमा स्टारलिंक इन्टरनेट उपलब्ध भएको उक्त ट्वीटमा उल्लेख गरिएको छ ।

इन्टरनेट उपलब्ध हुने देशले सेवाका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । सन् २०२१ को सेम्टेम्बरसम्म १२ देशमा र गत फेब्रुअरीमा थप २५ देशमा उपलब्ध भएको यो सेवा बेटा भर्सनबाट बाहिर निस्किएसँगै अब कूल ३२ वटा देशमा इन्टरनेट सेवाका लागि तयार भएको कम्पनीको भनाइ छ ।

स्टारलिंकको इन्टरनेट विशेषगरी दुर्गम क्षेत्रलाई लक्षित गर्दै सुरु गरिएको सेवा हो । इन्टरनेटको शुल्क पहिलेभन्दा अहिले केही वृद्धि भएको छ ।

पहिले ९९ डलर प्रति महिना रहेको इन्टरनेटको शुल्क अहिले ११० डलर प्रति महिना तोकिएको छ ।

स्टारलिंकले १०४.९७ एमबीपीएस डाउनलोड स्पिड दिन्छ भने अपलोड स्पिड १२.०४ एमबीपीएस रहेको छ । ल्याटेन्सीको हिसाबले पनि फिक्स्ड ब्रोडब्यान्डको तुलनामा यसको ल्याटेन्सी करिब १४ मिलिसेकेन्ड रहेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२