close

स्थानीय चुनाव: अनलाइन भोटिङ नहुँदा सास्ती

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १७:४३

स्थानीय चुनाव: अनलाइन भोटिङ नहुँदा सास्ती

डा. रविन्द्र ढकाल
चुनावको घोषणा भएपछि निर्वाचन आयोगले एक प्राविधिक समिति बनाएको थियो र इलेक्ट्रोनिक भोटिङ मसिन प्रयोगसम्बन्धी एक प्रतिवेदन सहित सम्भाव्यता माग गरेको थियो ।

सोही बमोजिम उक्त प्राविधिक टोलीले सबै महानगरपालिका, या काठमाडौं महानगरपालिका या ललितपुर या भक्तपुर जिल्लामध्ये एक जिल्लामा लागू गर्ने र प्राविधिक टोलीले प्रमाणीकरण गर्नसक्छ भन्ने प्रतिवेदन बुझाएको थियो, जसलाई आयोगले भारमा सुकाइदियो ।

अब हेरौं त, ५० जना प्रतिनिधिलाई चित्त बुझाएर २५ जना कर्मचारी र २०० सुरक्षाकर्मी राखेर कयौं दिन लगाएर यो भोट गन्दा र मत सुन्न दैनिक सायद ५०० जनाको जुलुस लगाउँदा कति मानव घण्टा खर्च होला ?

सायद भोटिङ मसिन प्रयोग गरेको भए ‘थुतुनो’ को जवाफसहित चुल्हो चौकाको सुधार गर्नभन्दै सायद लौरो टेक्दै एक युवा आइसकेका हुन्थे कि ?

आशा गरौं, अर्को चुनावमा ई-भोटिङ मसिनको प्रयोग भएको होस् ।

(नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख डा. ढकालकाे फेसबुक पोस्टमा आधारित)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२