close

ईसेवाको डाउनलोड ५० लाख नाघ्यो

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ २१:५४

ईसेवाको डाउनलोड ५० लाख नाघ्यो

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ईसेवाले नयाँ आँकडा पार गरेको छ । एफवान सफ्ट ग्रुपअन्तर्गत रहेको ईसेवा हालै गुगल प्ले स्टोरमा ५० लाखभन्दा बढी पटक डाउनलोड हुने एप बनेको हो ।

१३ वर्षअघि कम्प्युटर भर्सनबाट सुरु भएको ईसेवामा हाल तीन लाखभन्दा बढी मर्चेन्ट आवद्ध छन् । साथै कम्पनीले ५० लाख प्रयोगकर्तालाई प्रत्यक्ष रुपमा अनलाइन भुक्तानीको सेवा दिँदै आएको छ ।

साथै ईसेवाको नेटवर्कमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, ३०० भन्दा बढी सहकारी र एक लाख ३० हजार बढी एजेन्ट आवद्ध छन् ।

५० लाख डाउनलोड पूरा भएको अवसरमा कम्पनीले आफूलाई निरन्तर साथ दिने सम्पूर्ण मर्चेन्ट, एजेन्ट र ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ ।

ईसेवाले हालको समयमा दैनिक पाँच लाख बढीकाे भुक्तानी कारोबार फर्छ्यौट गर्दै आएको छ, जुन नेपालको अनलाइन भुक्तानीको ८० प्रतिशत भएको कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२