close

अब नेटफ्लिक्समा पनि लाइभ स्ट्रिमिङ

टेकपाना टेकपाना

जेठ १, २०७९ १२:१७

अब नेटफ्लिक्समा पनि लाइभ  स्ट्रिमिङ

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले लाइभ स्ट्रिमिङ फिचर पनि थप गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार नेटफ्लिक्सले आफ्ना केही कार्यक्रमहरू विशेष गरि कमेडी कार्यक्रमहरूको लाइभ स्ट्रिमिङ गर्ने तयारी गरिरहेको छ । 

यसका साथै प्रतिस्पर्धी कार्यक्रम ‘डान्स सो’ हरूको लागि नेटफ्लिक्सले लाइभ भोटिङ गर्ने व्यवस्था पनि गरिरहेको बताइएको छ । यो फिचर कहिले देखि सुरु हुनेछ भन्ने विषयमा कम्पनीले अहिले नै केही बताइसकेको छैन । यद्यपि यो फिचरको लागि पहिलो चरणको काम भइरहेको कम्पनीको भनाई छ । 

पछिल्लो समयमा विश्वव्यापी रुपमा नै नेटफ्लिक्सको प्रयोगकर्ता घट्दै गइरहेको छ । यही कारणले पनि नेटफ्लिक्सले आफ्ना टिभी कार्यक्रमहरू र फिल्महरूमा विज्ञापनहरू ल्याउन नयाँ योजनाहरू बनाइरहेको अनुमान छ । यसका साथै नेटफ्लिक्सले गेमिङ क्षेत्रलाई पनि प्राथमिकता दिएर अगाडि बढिरहेको छ । यद्यपि भिडिओ स्ट्रिमिङको क्षेत्रमा भने कम्पनीलाई अहिले पनि जटिल प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२