close

नोर्ड प्रयोगकर्तालाई एन्ड्रोइड १२ को स्टेबल भर्सन उपलब्ध गराउँदै वानप्लस 

टेकपाना टेकपाना

जेठ १, २०७९ १३:१६

नोर्ड प्रयोगकर्तालाई एन्ड्रोइड १२ को स्टेबल भर्सन उपलब्ध गराउँदै वानप्लस 

काठमाडौं । चर्चित स्मार्टफोन ब्रान्ड वानप्लसले केही समय अघिमात्रै अक्सिजन ओएस १२ को तेस्रो बेटा भर्सन सार्वजनिक गरेको थियो । तेस्रो बेटा भर्सन सार्वजनिक भएको छोटो समयमै कम्पनीले अब भने एन्ड्रोइड १२ को स्टेबल भर्सन ‘अक्सिजन ओएस’ सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले अक्सिजन ओएसको स्टेबल भर्सन पहिलो चरणमा वानप्लस नोर्डमा यसअघि बेटा भर्सन प्राप्त गर्ने प्रयोगकर्तालाई उपलब्ध हुने जनाएको छ । यसअघि कम्पनीले बेटा भर्सनमा चेन्जलग (एन्ड्रोइडमा परिवर्तन भएको विषय र कमजोरीहरूको जानकारी दिने फिचर) उपलब्ध गराएको थियो । 

त्यसैमा देखिएका कमजोरीहरूलाई समेत समाधान गर्दै कम्पनीले स्टेबल भर्सन सार्वजनिक गरेको हो । नयाँ भर्सनसँगै प्रयोगकर्ताले क्यामेरामा प्रोट्रेट मोडको परिष्कृत भर्सन प्राप्त गर्ने जनाइएको छ । यसका साथै यसमा क्विक डिभाइस कनेक्ट, अल न्यु लञ्चर, हिडन एप फिचर, वान ह्याण्डल मोड, मल्टी डार्क मोड जस्ता फिचर उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२