close

ट्वीटर ट्रेन्डिङमा पनि बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा !

टेकपाना टेकपाना

जेठ १, २०७९ १७:२४

ट्वीटर ट्रेन्डिङमा पनि बालेन र केशव स्थापितबीच प्रतिस्पर्धा !

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा ‘बालेन शाह’ शब्द नेपालमा धेरै दिनदेखि ट्रेन्डिङमा छ । स्थानीय निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाकाे मेयर पदका स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाह उर्फ ‘बालेन’ जारी मतगणनामा पनि अग्रस्थानमा छन् ।

मतगणना सुरू भएदेखि नै उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई उछिनिरहेका छन् । याेसँगै उनीबारे अनलाइन र सामाजिक सञ्जालमा थप चर्चा भइरहेकाे छ ।

मतपरिणाम नआउँदै सामाजिक सञ्जाल उनीबारे गरिएका पोस्टले भरिएका छन् । अधिकांश युवा सामाजिक सञ्जाल प्रयोगकर्ताको साथ पाएका बालेन मतगणनासँगै ट्वीटर ट्रेन्डिङमा पनि पहिलाे स्थानमा छन् ।

मतगणनामा जस्तै ट्वीटर ट्रन्डिङमा पनि ‘बालेन शाह’ पछि ‘केशव स्थापित’ काे नाम छ । ट्वीटरमा अधिकांशले मतपरिणामसँग सम्बन्धित ट्वीट गर्दा यी दुवैको नाम ट्रेन्डिङमा आएको हो ।

ट्वीटरमा अधिकांशले बालेनकाे समर्थन र प्रशंसामा ट्वीट गरिरहँदा अन्य मेयर उम्मेदवारले भने मुस्किलले सहानुभूति पाएका छन् ।

कतिपय प्रयोगकर्ताले ट्वीटरमै उम्मेदवारको मत सर्वेक्षण गरेका छन् ।

यसका साथै अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा पनि काठमाडौं महानगरका उम्मेदवार र मतपरिणामलाई लिएर पोस्ट तथा अन्तर्क्रिया भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२