close

१०८ मेगापिक्सेल क्यामेरा सहित ‘रियलमी नाइन’ नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

जेठ १, २०७९ १९:२०

१०८ मेगापिक्सेल क्यामेरा सहित ‘रियलमी नाइन’ नेपाली बजारमा आउँदै

काठमाडौं । नेपाली बजारमा रियलमी नाइन स्मार्टफोन सार्वजनिक हुने भएको छ । यसअघि रियलमी नाइन सिरिजका रियलमी नाइन आई र नाइन प्रो प्लस सार्वजनिक भइसकेको छ ।

अब कम्पनीले यो सिरिजको बेसिक मोडल पनि नेपाली बजारमा भित्र्याउन लागेको हो ।

यो फोनमा सामसङ आईएसओ सेल एचएम६ इमेज सेन्सर सहित १०८ मेगापिक्सेल क्यामेरा छ, जसले कम प्रकाशमा पनि फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्ने दाबी गरिएको छ ।​​​

त्यस्तै याे फाेन स्न्यापड्रागन ६८० प्रोसेसरको साथ आउने बताइएकाे छ ।

साथै फोनमा ९० हर्जको रिफ्रेस रेट सहितको सुपर एमोलेड डिस्प्ले उपलब्ध हुने बताइएको छ । यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि उपलब्ध हुनेछ, जसले मुटुकाे गति पत्ता लगाउन सक्छ ।

‘यसमा रहेको १६ मेगापिक्सेल सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । साथै यसमा ३३ वाट डार्ट चार्जिङ प्रविधिसहित ५००० एमएएच क्षमताकाे ब्याट्री क्षमता दिइएकाे छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार याे फाेन ६ जीबी तथा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेजसहित उपलब्ध हुनेछ । साथै प्रयाेगकर्ताले ५ जीबी भर्चुअल र्‍यामसमेत थप्न सक्नेछन् ।

नेपाली बजारमा याे फाेन केही सातामै उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२