close

आउँदो शुक्रबार ‘स्न्यापड्रागन सेभेन जेन वान’ चिप सार्वजनिक गर्दै क्वालकम

टेकपाना टेकपाना

जेठ २, २०७९ १३:३६

आउँदो शुक्रबार ‘स्न्यापड्रागन सेभेन जेन वान’ चिप सार्वजनिक गर्दै क्वालकम

काठमाडौं । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी क्वालकमले आउँदो शुक्रबार अर्थात् मे २० मा आफ्नो नयाँ चिपसेट स्न्यापड्रागन सेभेन जेन वान सार्वजनिक गर्ने भएको छ ।

त्यसका लागि कम्पनीले शुक्रबार चीनमा सार्वजनिक कार्यक्रम राखेको छ । हुन त हालसम्म कम्पनीले कार्यक्रमबारे सम्पूर्ण जानकारी दिइसकेको छैन । तर, कम्पनीले आउँदो कार्यक्रममार्फत क्वालकम स्न्यापड्रागन सिरिज अन्तर्गतको नयाँ प्रोसेसर सार्वजनिक गर्ने चर्चा गरिएकाे छ ।

कम्पनीले एकैपटक दुईवटा स्मार्टफोन चिपसेट स्न्यापड्रागन सेभेन जेन वान र स्न्यापड्रागन एट जेन वान प्लस सार्वजनिक गर्ने अपेक्षा गरिएकाे छ ।

योसँगै स्न्यापड्रागन सेभेन जेन वान सेभन सिरिज अन्तर्गतको पहिलो प्रोडक्ट हुनेछ । यसअघि कम्पनीले फ्ल्यागशिप स्मार्टफोनलाई लक्षित गर्दै स्न्यापड्रागन एट जेन वान सार्वजनिक गरिसकेको छ, जुन एड्रेनो ६६२ जीपीयूका साथ निर्माण भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२