close

एलजीले ल्यायो ३६० डिग्री फोल्ड गर्न मिल्ने स्मार्टफोन स्क्रिन

टेकपाना टेकपाना

जेठ २, २०७९ १४:४८

एलजीले ल्यायो ३६० डिग्री फोल्ड गर्न मिल्ने स्मार्टफोन स्क्रिन

काठमाडौ. । हुन त एलजीले आफ्नो स्मार्टफोन व्यवसायबाट हात निकालिसकेको छ । तर पनि कम्पनी विद्युतीय सामग्रीमा निकै अघि रहेको छ । त्यसमा पनि एलईडी डिस्प्लेमा एलजी सधैं अघि रहेको छ ।

यसबीचमा हाल जारी सोसाइटी फर इन्भेस्टिगेटिभ डर्मेटोलोजी (एसडीआई) मा एलजीले ० देखी ३६० डिग्रीसम्म फोल्ड गर्न सकिने ओएलईडी स्मार्टफोन स्क्रिन सार्वजनिक गरेको छ ।

कम्पनीले तयार गरेको उक्त स्क्रिन खोल्दा ८.०३ इन्च रहेको छ, जसलाई भित्र र बाहिर दुवैतर्फ फोल्ड गर्न सकिने जनाइएको छ । यसका लागि कम्पनीले अल्ट्रा थिन ग्लास प्रयोगमा ल्याएको जनाइएको छ ।

बाहिरी भागको स्क्रिन एन्टी फ्रिंगर प्रिन्ट मेट्रियलद्धारा निर्माण गरिएको छ । जसको मद्दतले मोबाइलमा कुनै किसिमको फ्रिंगरको दाग नबस्ने दावी गरिएको छ ।

यो स्क्रिन २ लाख पटक सम्म फोल्ड गर्दा पनि कुनै असर नगर्ने कम्पनीको दावी छ । यसका साथै कम्पनीले उक्त कार्यक्रम मार्फत १७ इन्चको ओएलईडी प्यानल समेत सार्वजनिक गरेको छ । जुन १८० डिग्रीमा फोल्ड गर्न सकिने जनाइएको छ ।

अर्थात् यो एलजीले ल्याएको १७ इन्चको ओएलईडी डिस्प्ले ल्यापटको आधारमा फोलट हुनेछ । कम्पनीले यी स्क्रिन कहिले र कुन कम्पनीले प्रयोगमा ल्याउने छन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् ।

तर, यो स्क्रिनमा कम्पनीले सफलता हात पारिसकेको र चाँडै यसको व्यवसायी सुरुवात हुने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२