close

ब्याकग्राउन्ड म्युजिक सुनेकै भरमा यसरी पत्ता लगाउनुहोस् गीतको पूरा जानकारी

टेकपाना टेकपाना

जेठ २, २०७९ १७:४५

ब्याकग्राउन्ड म्युजिक सुनेकै भरमा यसरी पत्ता लगाउनुहोस् गीतको पूरा जानकारी

काठमाडौं । कहिलेकाहीँ कसैले आफ्नो फोनमा वा अन्य डिभाइसमा गीत बजाइरहँदा त्यो गीत कुन होला भन्ने कौतुहलता धेरैलाई लागेको हुनसक्छ । अझ विशेषगरी टिकटक प्रयोग गरिरहँदा थोरै वा अलिकति मात्र संगीत सुन्न पाइन्छ ।

त्यो अवस्थामा सो गीत कुन होला भन्ने जिज्ञासा हुनसक्छ । आज हामी एउटा त्यस्तो एपका बारेमा चर्चा गर्दै छौँ, जसकाे माध्यमबाट एन्ड्रोइडमा कुनै पनि गीतको ब्याकग्राउण्ड प्रयोग गरी गीतको पूरा नाम थाहा पाउन सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिले यस लिङ्कमा गई वा प्ले स्टोरमा गई शजम (Shazam) एप डाउनलोड गर्नुहाेस् । यो एप आईओएसका लागि पनि उपलब्ध छ ।

एप डाउनलोड भइसकेपछि तपाईंले अन्य कुनै डिभाइसमा सो ब्याकग्राउण्ड म्युजिक बजाउनुपर्ने हुन्छ ।

त्यसपछि एपको होमपेजमा ट्याप टु शजम भन्ने टेक्स्ट देख्न सकिन्छ । त्यसको तल रहेको सो एपको लोगोमा ट्याप गर्नुभयो भने तपाईंले अन्य डिभाइसमा बजाएको ब्याकग्राउन्ड म्युजिकबाट गीतको पूरा जानकारी पाउन सक्नुहुन्छ ।

यसबाट सबै गीतको भेटिन्छ भन्ने हुँदैन । युट्युब वा अन्य इन्टरनेटमा उपलब्ध भएसम्मका भिडिओ याे एपले सुझावका रूपमा देखाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२