close

नयाँ सोसल मिडिया कानूनमाथि तत्काल रोक लगाउन प्रविधि कम्पनीहरूको दबाब 

टेकपाना टेकपाना

जेठ ३, २०७९ ११:१२

नयाँ सोसल मिडिया कानूनमाथि तत्काल रोक लगाउन प्रविधि कम्पनीहरूको दबाब 

काठमाडौं । गुगल, मेटा, ट्वीटर लगायतका ठूला कम्पनीहरूको समूहले अमेरिकास्थित टेक्सास राज्यले जारी गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको कानूनलाई प्रतिबन्ध लगाउन अदालतलाई आग्रह गरेका छन् ।

टेक्सासले हालै ‘सोसल मिडिया ल’ सार्वजनिक गरेको छ । नयाँ कानूनले ठूला सामाजिक सञ्जाललाई राजनीतिक आधारमा कुनै पनि व्यक्ति तथा पोस्टलाई हटाउन तथा प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको छ ।

यसैलाई लिएर नेटच्वाइस र कम्प्युटर तथा सञ्चार उद्योग संघले शुक्रबार मुद्दा दायर गर्दै तत्कालै यो कानूनमा रोक लगाउन माग गरेको हो ।

यो कानून गत बुधबारदेखि मात्रै लागू भएको हो । जसले यदि कुनै पनि सामाजिक सञ्जालले राजनीतिक आधारमा कुनै पनि व्यक्ति तथा पोस्टलाई प्रतिबन्ध लगाएको खण्डमा कम्पनी नै बन्द गर्नसक्ने सम्मको व्यवस्था गरेको छ ।

यस्तो कानूनले राजनीतिमा नकारात्मक कदमको उदय हुनेमात्रै नभएर कुनै पनि कन्टेन्टमा फिल्टर नगर्दा त्यसले निकै ठूलो असर पार्ने दावी मुद्दा दायर गर्ने संस्थाहरूको रहेको छ ।

साथै यो व्यवस्थाले गलत जानकारी रोक्न सामाजिक सञ्जाल कम्पनीहरूले चालेको कदममा समेत असर पर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२