close

मोबाइल टपअप गर्ने सबैलाई आज रू. ५५ सम्म क्याशब्याक दिँदै ईसेवा

टेकपाना टेकपाना

जेठ ४, २०७९ १७:१९

मोबाइल टपअप गर्ने सबैलाई आज रू. ५५ सम्म क्याशब्याक दिँदै ईसेवा

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले मोबाइल टपअप गर्ने हरेक प्रयोगकर्तालाई क्याशब्याक दिने भएको छ ।

कम्पनीले आज अपरान्ह ५ः५५ देखि ५ः५६ सम्म एक मिनेटभित्र मोबाइल टपअप (रिचार्ज) गर्ने प्रयोगकर्तालाई यो क्याशब्याक उपलब्ध गराउने जानकारी दिएको हो ।

हालै प्ले स्टोरमा ५० लाख डाउनलोड संख्या पुरा गरेको अवसरमा ईसेवाले एक मिनेटका लागि यो अफर दिन लागेको हो ।

अफरअन्तर्गत रू. ५५ वा त्यसमाथिको टपअप गर्नेले रु. ५५ क्याशब्याक पाउनेछन् ।

त्यस्तै रु. ५५ भन्दा कमको टपअप गर्ने प्रयोगकर्ताले सोही रकम बराबरको क्याशब्याक पाउनेछन् । (उदाहरणका लागि रु. ५० टपअप गरे क्याशब्याक पनि रु. ५० नै प्राप्त गर्नेछन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२