close

फिल्म राख्नुअघि सुझाव लिँदै नेटफ्लिक्स

टेकपाना टेकपाना

जेठ ४, २०७९ १८:३०

फिल्म राख्नुअघि सुझाव लिँदै नेटफ्लिक्स

काठमाडौं । नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा फिल्म सार्वजनिक गर्नुअघि सुझाव लिने गरेको पाइएको छ । कुनै पनि फिल्म सबैलाई उपलब्ध गराउनुअघि त्यसमा भएका कमजोरीलाई केलाउन कम्पनीले यो खालको अभ्यास सुरु गरेको हो ।

त्यसका लागि कम्पनीले सब्सक्राइबर मध्येबाट फिडब्याक प्यानलमा आमत्रण गर्ने र फिल्म हेरेपश्चात उनीहरुलाई फिडब्याक फर्म भर्न लगाउने गरेको छ ।

त्यसरी प्रयोगकर्ताले दिएको प्रतिक्रिया वा सुझावलाई कम्पनीले आवश्यक परिमार्जन गरी प्रयोगकर्तामाझ उपलब्ध गराउने गरेको छ ।

हुन त नेटफ्लिक्स प्रयोगकर्तामाझ आफ्नो विभिन्न सफ्टवेयर परीक्षणका लागि परिचित छ । तर, यतिबेला भने कम्पनीले कन्टेन्टमै प्रयोगकर्तामाझ परीक्षण गरिरहेको पाइएको हो ।

कम्पनीले सन् २०२१ मे महिनादेखि नै यस्तो अभ्यास प्रयोगमा ल्याएको जनाइएको छ । यसले कम्पनीलाई सब्सक्राइबरले खोजेको कन्टेन्ट प्रस्तुत गर्न मद्दत पुग्ने र सब्सक्राइबर बढाउन समेत मद्दत पुग्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२