close

ईसेवाको एक मिनेट अफर : ४५ हजारले गरे रिचार्जको प्रयास, ५ हजारले पाए क्याशब्याक

टेकपाना टेकपाना

जेठ ४, २०७९ १९:१८

ईसेवाको एक मिनेट अफर : ४५ हजारले गरे रिचार्जको प्रयास, ५ हजारले पाए क्याशब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आज सञ्चालनमा ल्याएको ‘वान मिनेट अफर’ अन्तर्गत एक मिनेटको अवधिमा ४५ हजार प्रयोगतर्काले रिचार्जका लागि प्रयास गरेको पाइएको छ ।

हालै प्ले स्टोरमा ५० लाख डाउनलोड संख्या पुरा गरेको अवसरमा ईसेवाले एक मिनेटका लागि यो अफर ल्याएको थियो ।

बुधबार अपरान्ह ५ः५५ देखि ५ः५६ सम्म एक मिनेटभित्र मोबाइल टपअप (रिचार्ज) गर्ने प्रयोगकर्ताले रू. ५५ वा त्यसमाथिको टपअप गर्दा रु. ५५ र रु. ५५ भन्दा कमको टपअप गर्ने प्रयोगकर्ताले सोही रकम बराबरको क्याशब्याक पाउने व्यवस्था थियो ।

अफरको अवधिमा ४५ हजार प्रयोगकर्ताले रिचार्जका लागि प्रयास गरेको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए ।

उनका उक्त एक मिनेटको अवधिमा ५ हजार कारोबार सफल भएको छ । यसको अर्थ ५ हजार प्रयोगकर्तालो क्याशब्याक प्राप्त गरेका छन् ।

सापकोटाका अनुसार यो संख्या सामान्य अवस्थाको तुलनामा झन्डै ८ गुणले बढी हो । सामान्य अवस्थामा हरेक मिनेटमा ईसेवामार्फत ६ सयको हारहारीमा रिचार्ज हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२