close

अनलाइन गेमिङमा २८ प्रतिशत कर लगाउँदै भारत सरकार

टेकपाना टेकपाना

जेठ ५, २०७९ १०:३८

अनलाइन गेमिङमा २८ प्रतिशत कर लगाउँदै भारत सरकार


काठमाडौं । भारत सरकारले क्यासिनो, रेस कोर्ष तथा अनलाइन गेमिङमा लगाउँदै आएको बस्तु तथा सेवा कर (जीएसटी) को दायर बढाउने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीहरूको महत्वपूर्ण बैठकले अनलाइन गेमिङमा करको दर बढाउने विषयमा सहमत जुटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बैठकले क्यासिनो, रेस कोर्स र अनलाइन गेमिङमा जीएसटीको दायर बढाएर २८ प्रतिशत पुर्‍याउन सिफारिस गरेको उल्लेख छ । यसअघि क्यासिनो, रेस कोर्स र अनलाइन गेमिङमाथि १८ प्रतिशतका दरले जीएसटी लाग्दै आएको थियो ।

बैठकमा क्यासिनो र रेस कोर्सको तुलनमा अनलाइन गेमिङमा लाग्ने करको दायरा फरक हुनु पर्ने विषयमा छलफल भएको उल्लेख छ । तर, गेमिङमा कति प्रतिशत जीएसटी लगाउने भन्ने विषयमा नटुङ्गिदा हालका लागि सबैमा २८ प्रतिशत पुर्‍याउने गरी सिफारिस भएको जनाएको छ ।

यो बैंकले गरेको सिफारिस आज बिहीबार भारतको जीएसटी काउन्सिलमा पुग्ने जनाइएको छ । जसमा काउन्सिलले आवश्यक छलफल गरेर निर्णय गर्नेछ । त्यो हुँदा अनलाइन गेमिङको हकमा लाग्ने जीएसटीको दायरा केही कम हुनसक्ने अनुमान गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२